ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के नेपाल गरीब छ ?

Aug 17, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
पथ सातफुटे, बस नौ गजको सिट बीस भए, भिड सौतकको । छ त अन्त कतै सुविधा यसरी अलकापुरी कान्तिपुरी नगरी ।। करीब ५०–६० वर्षअघि नै भैरव अर्यालले काठमाडौंको विषयमा लेखेको कविताको अंश हो यो । त्यतिबेलाको नेपाल अर्थात् काठमाडौंमा ९ गजको बसमा सयौं जना मान्छे राखेर पनि ७ फूटको बाटोमा सरर कुदाइँदो रहेछ । त्यसयता त झन् नेपाल कति धनी भइसक्यो, देशले कति प्रगति गर्‍यो, हिसाब गरेर साध्यै छैन । अहिले त काठमाडौंका सडकमा ७ होइन, १६ र २० फूटे बस चल्छन् । बस चढ्ने भीड पनि बढेको छ । बजारमा ५० देखि सयौं इञ्चका श्यामस्वेत होइन, रङ्गीन टीभी भित्रिएका छन् । त्यो पनि पहिलेजस्तो गाउँमा एउटा होइन, घरैपिच्छे, कोठैपिच्छे जडान भएका छन् । डिजिटल केबल टीभीका सेट टप बक्सले कोठा सजिएका छन् । सयौं टीभी च्यानलले धार्मिकदेखि हलिऊडका हल्ला, बलिऊडका बल्लेबल्ले र कार्टूनदेखि कटाक्षसम्म पस्किएका छन् । पढ्न चाहनेलाई थरीथरीका रङ्गीन म्यागजिनदेखि नामी–बेनामी पत्रपत्रिकासम्म छापिन्छन् देशैभरबाट । लोकको कल्याण गर्न सरकार पनि प्रतिबद्ध देखिन्छ । त्यै भएर होला, उसले लोक कल्याणका नाममा करौडौं रुपैयाँ विज्ञापनको रूपमा बाँड्छ मिडियाहरूलाई ।
ठूला–ठालू छोराछोरी पढाउनदेखि औषधि उपचार गर्नसम्म विदेश जान सक्ने भएका छन् । अब त प्रोफेशनलहरू समेत बाह्य पर्यटनमा योगदान पुर्‍याउनेगरी छुट्टी मनाउन बेलाबेला विदेश जान सक्ने भएका छन् ।
शहरमा अन्तरराष्ट्रिय रेष्टुँराका शाखादेखि काराओके बारमा स्वदेशी र विदेशी गीत बज्छन् । घरैपिच्छे किराना पसल खुलेका छन् र अब ती विस्तारै डिपार्टमेण्टल स्टोर्समा परिवर्तन हुने तर्खरमा छन् । बाटोमा नयाँ नयाँ मोडलका मोटरसाइकल, गाडीदेखि बजारमा जापानिज र चाइनिज साडीसम्म भेटिन्छन् । अमेरिकादेखि भारत, चीनसम्मका रङ्ग–रङ्ग नाम तथा ढङ्ग–ढङ्ग ब्राण्डका जुत्ताचप्पल, कम्बलदेखि कम्प्युटर र स्मार्टफोनसम्मले नेपाली युवापुस्तालाई साँच्चै ब्राण्डमैत्री र प्रविधिप्यारो बनाउँदै लगेको देखिन्छ । त्यसैले, नेपाली युवालाई धेरै मेहनत गरिरहनु पनि पर्दैन । किनकि, कुनै कुरा जान्नुपर्‍यो भने फ्याट्ट गूगल बाबाले बताइदिहाल्छ । कुनै कुरा हेर्नुपर्‍यो भने प्याट्ट युट्युबमा टच गरे पुग्छ । त्यै भएर होला हिजोआज शहरतिर मात्र भएका केही लाइब्रेरीहरू पनि विस्थापित हुँदै गएका छन् । पुरानो पुस्ताले गाह्रो माने पनि युवालाई फेशन साह्रै प्यारो छ । फाष्ट फूड, फोरडी सिनेमा, फूटसल, डान्सबारलगायतका थुप्रै अधिकार सुरक्षित नै छन् युवाका लागि । अझ पिउनलाई इनर्जी ड्रिङ्कदेखि दर्जनौं ब्राण्डका बियर, ह्विस्की र सिगरेट छन् । यसमा कसैलाई ‘रिग्रेट’ पनि छैन । जिन्दावाद–मुर्दावाद हुँदै उपभोक्तावादले पूँजीवादलाई सघाइरहेकै छ । सङ्घीयतामा समृद्धिको नारासँगै स्वीट्जरल्याण्ड र सिङ्गापुरको सपना पनि जारी छ । सरकारमा साम्यवादी सोचका नेताहरूको संसद्मा उपस्थिति भारी छ । राष्ट्रका कतिपय मुकाममा अहिले अगाडिको सीटमा नारी छ । के घरजग्गा व्यापारी, के ठेकेदार वा सुनसाहू वा कपडा व्यापारी सांसद पद किन्न सक्ने हैसियतमा छन् । उनीहरू नीति, ऐन, नियम, कानून आफूअनुकूल बनाउन सक्ने स्थितिमा पुगेका छन् । गाउँ–गाउँमा लघुवित्त र सहकारी खुलेका छन् । थुप्रै बैङ्क खुल्ने क्रममा छन् । गाउँका जमीनदारका ठाउँ आधुनिक बैङ्कहरूले लिइसकेका छन् । कार्ड स्वाट्ट पारेर किनमेल गर्ने मेसोमेलो बनिसकेको छ । समय फेरिएको छ । व्यापार र व्यापारी फेरिएका छन् । अब त बाहुन पनि व्यापारी बनेका छन् । देशमा मात्र होइन, विदेशतिर पनि छरिएका छन् । ठूला–ठालू छोराछोरी पढाउनदेखि औषधि उपचार गर्नसम्म विदेश जान सक्ने भएका छन् । अब त बाह्य पर्यटनमा योगदान पुर्‍याउनेगरी छुट्टी मनाउन बेलाबेला विदेश जान सक्ने प्रोफेशनलहरू समेत भएका छन् । स्वदेशी पर्यटनलाई त आईएनजीओका अन्तरराष्ट्रिय कर्मचारीले नै धानेका छँदै छन् । अन्तरराष्ट्रिय एयरपोर्ट एउटै मात्र भए पनि स्वदेशी र विदेशी जहाज कति कति । अब त पानीजहाज र सँगसँगै रेल पनि थपिने कुरा छ क्यार । सोच्नुस् त, नेपाल कहाँ पुगिसक्यो । के अब पनि नेपाललाई गरीब भनिरहन मिल्छ र ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)