ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्रेन ड्रेन

२०८० मंसिर, २५  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

भनिन्छ हिजोआज देशबाट धेरै ब्रेन ड्रेन भैराछ । यसलाई रोक्नुपर्छ रे । प्रधानमन्त्री र अन्य नेताहरूले पनि यस्तै भनिराछन् । ब्रेनको अर्थ दिमाग हुन्छ । धेरैजना दिमाग भएकाहरू आफ्ना दिमाग बोकेर अर्को देशमा जान्छन् । यसलाई ‘ब्रेन ड्रेन’ भनिन्छ । यसमा चिन्ताको कुरो यो छ कि यी दिमागको उपयोग देशको हितका लागि भएन रे । तर मलाई त्यस्तो लाग्दैन । किनकि पत्रपत्रिकाहरूका आलेखहरू, टीभीमा हरेक पल कुर्लिरहेका ठूल्ठूला दिमागवालाहरू र अझ सामाजिक सञ्जालका भित्तामा पोखिएका भयंकर भयंकर ब्रेनवालाहरूको पोस्टहरू हेर्दा देशमा दिमागवालाहरूको कुनै कमी चैं छैन है !

हो, नेपालमा धेरै ब्रेन र ब्रेनी छन् । त्यसो त हाम्रा ठूला पदधारी राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, नेताहरूका बोली र व्यवहार आदिबाट पनि स्पष्ट हुन्छ कि ब्रेनका लागि उनीहरू नै काफी छन् । जति ब्रेन अर्थात् दिमाग बाहिर गए पनि देशलाई केही फरक पर्दैन । किनकि, यहाँ ज्ञानको सागर नै जो छ । फेरि देशमा जति बढी ब्रेन ड्रेन बढ्छ, देशमा त्यति रेमिट्यान्स पनि बढ्छ । त्यसैले ब्रेन ड्रेन हुँदा देशलाई फाइदै फाइदा छ त । त्यसमा थप कुरा के छ भने अलि अलि भएका दिमाग पनि बाहिरिएपछि बाँकी सबै हनुमान र अनुमान त हुन् नि । यसबाट देशमा धेरै ठूला ब्रेन भएकाहरूलाई झन् धेरै फाइदा पो छ त । ब्रेन ड्रेन आजको कुरा मात्र हैन । अरनिकोको पालादेखि चलेको चलन न हो । उहिले राणाकालमा ट्रेन चढेर ब्रेन ड्रेन हुन्थ्यो, अहिले जेट चढेर हुन्छ ।

तर एउटा सानो समस्या के छ भने हाम्रा नगरपालिका, महानगरपालिका, शहरी विकास मन्त्रालयतिर भने ‘ड्रेन’को अर्थ फोहोर भन्ने लाग्छ । डे्रनको सबन्ध ‘गटर’ अर्थात् ‘ढल’ वा ‘नाली’सँग छ । त्यसैले त चिन्ता केवल यत्ति छ कि यी हजारौं दिमागवाला वा ज्ञानी त छन् देशभित्रै । तर ती महानगरपालिकाका ड्रेन अर्थात् ‘ढल’ जस्ता नहुन् । जो ढल बनिसकेका छन्, त्यसको नतीजा त भयंकर हुन्छ, जुन हामीले भोगि पनि सकेका छौं । यदि, मन्त्री प्रधानमन्त्रीको बुताले भ्याउँछ भने देशमा भएका यी ब्रेनहरू र सत्तामा भएका ब्रेनहरूलाई ड्रेन बन्नबाट रोकेमात्र पनि पुग्थ्यो । छ त कोही माईका लाल यो कुरा बुझ्ने ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)