ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीमा बोर्ड–नेप्से जुहारी : शुल्क बढाएससँगै सूचीकरण प्रक्रिया शुरू

Aug 21, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । शुल्क विवादका कारण रोकिएको धितोपत्र सूचीकरण प्रक्रिया शुरू भएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ मा कम्पनीहरूले नेप्सेमा सूचीकरण हुँदा लाग्ने शुल्क बढाइएपछि दर्ता प्रक्रिया शुरू भएको हो । आइतवार चार कम्पनीले नियमअनुसार सबै कागजात पेश गरेर सूचीकरण प्रक्रियामा गएको नेप्सेले जानकारी दिएको छ । यसअघि नियमावलीमा नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको सूचीकरण शुल्क कम भएको भन्दै नेप्सेले सूचीकरण रोकेको थियो । सूचीकरण रोकिनेमा नाडेप लघुवित्त, कर्णाली डेभलपमेण्ट बैङ्क, सिद्धार्थ बैङ्क, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैङ्क, नेपाल इन्स्योरेन्स र सूर्योदय लघुवित्त थिए । ती कम्पनीले नयाँ नियमअनुसार कागजात पेश गरेपछि सूचीकृत हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । उक्त विनियमावलीमा सूचीकरण शुल्कबारे बोर्ड र नेप्सेका बीच विवादका कारण चारपटकसम्म मस्यौदामा परिवर्तन गरिएको थियो । फलस्वरूप, आधा दर्जन कम्पनीका धितोपत्र सूचीकरणबाट रोकिएका थिए । बोर्डले साउन १ गतेदेखि लागू गर्न नेप्सेलाई निर्देशन दिएको विनियमावलीमा दोस्रो बजारमा शेयर सूचीकरण शुल्क पहिलेभन्दा कटौती गरेपछि नेप्सेले असन्तुष्टि जनाउँदै पुनरवलोकनका लागि बोर्डसमक्ष माग गरेको थियो । साथै धितोपत्र सूचीकरण नै रोकिएपछि बोर्डले अन्तरराष्ट्रिय अभ्यासअनुसार सूचीकरण शुल्क र वार्षिक शुल्कसहित पहिलेभन्दा बढी रकम तोकेर पठाएको थियो । त्यसलाई नेप्सेको सञ्चालक समितिले साउन २९ गते पारित गरेर भदौ १ गतेदेखि लागू गरेको छ । नयाँ विनियमावलीअनुसार कम्पनीले धितोपत्र अभौतिकीकरण (डिम्याट) गरेपछि मात्र नेप्सेमा सूचीकृत हुन पाउने छन् । यसअघि नेप्सेमा सूचीकृत भएपछि डिम्याट गरिन्थ्यो । यसका लागि नेप्सेले साउन ३१ गते सीडीएस एण्ड क्लियरिङलाई नयाँ व्यवस्थाबारे जानकारी गराइसकेको नेप्से स्रोतले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)