ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरपकड विरूद्ध कालिमाटी तरकारी बजार ठप्प

Aug 21, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

भदौ ५, काठमाडौं । अनुगमनका क्रममा सरकारले धरपकड गरेको विरोधमा कालिमाटी तरकारी तथा फलफूल बजारका व्यापारीहरुले मङ्गलवार कारोबार ठप्प पारेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ती व्यवस्थापन विभागको टोलीले बिना कारण तरकारी बोकेका दुई गाडीसहित कालीमाटी तरकारी तथा फलफूल व्यवसायी सङ्घका अध्यक्ष भरतप्रसाद खतिवडा र अर्का व्यवसायी विमल ढुङ्गानालाई पक्राउ गरेको विरोधमा व्यवसायीले बजार बन्द गरी कारोबार ठप्प पारेका हुन् ।

अन्य दिनमा ६ सय ५० टन तरकारी भित्रिने गरेको कालिमाटीमा मङ्गलवार एक सय टन मात्रै तरकारी भित्रिएको आपूर्ती विभागले जानकारी दिएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घको आह्वानमा कारोबार बन्द गरिएको अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए ।

उनले अत्यावश्यक वस्तुअन्तर्गतको तरकारी तथा फलफूलको कारोबार बन्द गर्ने नियत आफूहरुमा नभएको बताउँदै राज्यको धरपकड विरुद्ध एक दिन (मङ्गलवार) मात्रै बजार बन्द गरिएको जानकारी दिए । उनले भने, ‘सरकारको नियतमा खोट देखिएकाले कारोबार बन्द गरेका हौं । नियमित गर्न कुनै समस्या छैन ।’ उनका अनुसार व्यवसायीका मागहरु भने यथावत राखिएको छ ।

समिति गठन यसैबीच, तरकारीको बजार व्यवस्थापन गर्न भन्दै सरकारले समस्या समाधानमा लागि एक समिति नै गठन गरेको छ । कृषि र आपूर्ति मन्त्रालयको संयुक्त बैठकले आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा समिति बनाइएको हो । सो समितिले केही दिनभित्रै ठोस रुपमा तरकारीको बजार व्यवस्थापनका लागि के–के गर्ने भन्ने सम्बन्धमा प्रतिवेदन तयार गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)