ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब बोल्ने कार ’

Jun 26, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


यो हलिउड चलचित्रको कुनै विज्ञान कथामा मात्र सीमित आश्चर्यको विषय रहेन । किनकि, अब चालकले आफ्नो गाडीसँग कुरा गर्दै सडकमा आरामसँग यात्रा गर्न सक्नेछन् । जर्मन अनुसन्धानकर्ताहरुले विकास गरेको ‘कार–टु–एक्स’ प्रविधि जडान गरिएको कारसँग चालकले बोलेरै अन्तरक्रिया गर्न सक्नेछन् । बजारमा ल्याइने तयारीमा रहेको यो प्रविधिले चालकलाई उसले नदेखेको खतरा र जोखीमबारे चेतावनी दिन्छ । यसले जुनसुकै दिशाबाट आउन सक्ने जोखीमलाई तुरुन्त पहिचान गरेर सूचना दिने गर्छ । यो प्रविधिजडित कारले चालकलाई कहाँ ट्राफिक जाम छ र कहाँ छैन भनेर पनि जानकारी दिनेछ ।

हुन त गाडी चलाउँदा जानकारी र पूर्वचेतावनीको यो पहिलोपटक विकास गरिएको प्रविधि भने होइन । केही वर्षयता यस्ता थुप्रै उपकरण र प्रविधि विकास गरिएका छन् । तर, ‘कार–टु–एक्स’ राखिएको गाडी यस्तै प्रकारका अन्य प्रविधियुक्त सवारीभन्दा निकै छरितो देखिन्छ । प्रायः गाडीको माथिपट्टि ठूला आकारका सेन्सरलगायत भद्दा उपकरण प्रयोग हुने अन्य प्रविधियुक्त कारभन्दा यो कार बाहिरबाट हेर्दा सामान्य गाडीझैं देखिन्छ । किनभने, कार–टु–एक्स प्रविधिअन्तर्गत गाडीको ड्यासबोर्डमा एक मोनिटर जडान गरिएको हुन्छ । उक्त मोनिटर कारका विभिन्न भागमा राखिएका साना आकारका सेन्सरलगायतका विद्युतीय उपकरणसँग जोडिएको हुन्छ । यो मोनिटरले नै चालकलाई जानकारी र चेतावनी दिने गर्छ । त्यस्तै, अगाडिको सडकमा रहेको ट्राफिक लाइटमा कस्तो प्रकारको सिग्नल आउन लागेको छ भनेर पनि पूर्वजानकारी दिन्छ । त्यतिमात्र नभई यो प्रविधि जडान गरिएका कारले एकअर्कासँग कुराकानी गर्दै जानकारीको आदानप्रदान पनि गर्न सक्छन् । कार–टु–एक्सको विकास फ्राङ्कफर्टस्थित सेफ इण्टलिजेण्ट मोबिलिटी टेष्टफिल्ड नामक एक संस्थाले गरेको हो, जसले जर्मन अटो निर्माताका लागि विभिन्न प्रविधि बनाउने गर्छ । एक परियोजनाअन्तर्गत तयार गरिएको यो नयाँ प्रविधि बनाउन मर्सिडिज बेञ्ज, बीएमडब्ल्यू, औडी, फक्सवागनलगायत कम्पनीले सहकार्य गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)