ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ हजार मेवाभन्दा बढीको टेक एण्ड पे : बैङ्क लगानी जुटाउन निजीक्षेत्रलाई हम्मे

Aug 22, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । नदी प्रवाह (आरओआर) आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) उत्पादन गरेजति किन्ने (टेक अर पे)मा नहुँदा निजीक्षेत्र मर्कामा पर्न थालेको छ । उत्पादित विद्युत् विक्रीको सुनिश्चितता नहुने भएपछि बैङ्कहरूले लगानी गर्न उत्सुकता नदेखाएका कारण समस्या उत्पन्न भएको हो । विद्युत्को एक मात्र खरीदकर्ता नेपाल विद्युत् प्राधिकरणले पहिले पनि चाहिएजति मात्रै किन्ने (टेक एण्ड पे)मै पीपीए गर्दै आएको थियो । तर, राष्ट्रिय ऊर्जासङ्कट निवारण कार्ययोजना आएसँगै टेक अर पेमा पीपीए गर्न थालिएको हो । विद्युत् उत्पादनमा निजीक्षेत्रलाई प्रोत्साहित गरी ऊर्जासङ्कट हल गर्ने उद्देश्यका साथ ल्याइएको कार्ययोजनाले टेक अर पे गर्दा प्राधिकरणलाई पर्ने व्ययभार सरकारले वहन गर्ने तय गरेपछि टेक अर पे शुरू भएको हो । कार्ययोजनाले तय गरेको ऊर्जा मिश्रणको अवधारणाअनुसार १० वर्षमा १० हजार मेगावाट (मेवा) विद्युत् उत्पादनको सीमाले आरओआरतर्पm ३ हजार मेवा निर्धारण गरेको थियो । कार्ययोजना लागू भएसँगै प्राधिकरणले सो सीमासम्ममा पर्ने गरी त्यसअघि र पछि पीपीए भएका आयोजनाहरूलाई टेक अर पे ग¥यो । सीमा नाघेपछि प्राधिकरणले आरओआरको पुनः टेक एण्ड पे नै लागू गरेको करीब १ वर्ष पुग्न लागेको छ । यसैबीच फेरिएका सरकारका ऊर्जामन्त्रीमध्ये कसैले १० वर्षमा १७ हजार त कसैले १५ हजार मेवा विद्युत् उत्पादन लक्ष्य घोषणा गरे । बढेको लक्ष्यसँगै आरओआरको टेक अर पे सीमा पनि बढ्ने अपेक्षामा निजीक्षेत्र बसेको छ । तर, एकातर्पm टेक अर पे नहुनु र अर्कातर्फ बैङ्कले लगानी गर्न नमान्नुले मर्कामा परेको निजीक्षेत्रको गुनासो रहेको छ । पछिल्लो नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत १० वर्षमा १५ हजार मेवा विद्युत् उत्पादनको लक्ष्य निर्धारण गरिएको छ । तर, सोअनुरूप प्राधिकरणले नगरिदिँदा समस्या परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन् । प्राधिकरणका विद्युत् व्यापार विभाग प्रमुख एवम् प्रवक्ता प्रबल अधिकारी भने आरओआरको टेक अर पे नगर्नुमा प्राधिकरणको बाध्यता रहेको बताउँछन् । सरकारले १० वर्षमा थप ५ हजार मेवा विद्युत् उत्पादनको लक्ष्य निर्धारण गरे पनि उत्पादित विद्युत्, प्रणालीमा प्रवाह नभए पहिलेजस्तो सरकारले क्षतिपूर्तिको व्यवस्था गर्ने भन्ने तय छैन । यसो हुँदा यदि टेक अर पे भएका आयोजनाको विद्युत् खेर जाने अवस्था आए प्राधिकरणलाई वार्षिक अर्बौंको घाटा पर्ने उनको भनाइ छ । त्यसैगरी, पछिल्लो समयमा आरओआर पीपीएका लागि निवेदन दिनेको सङ्ख्या उच्च रहेका कारण कसलाई टेक अर पे गर्ने, कसलाई नगर्ने भन्ने समस्या उत्पन्न भएको उनी बताउँछन् । प्रसारण लाइनको उचित व्यवस्था नहुन्जेल पीपीए गरे नै पनि कुनै अर्थ छैन । यस्तोमा टेक एण्ड पे गरे निजीक्षेत्र मारमा पर्ने टेक अर पे गरे प्राधिकरण मारमा पर्ने मात्रै हो । तसर्थ, जतिसक्दो चाँडो नीतिगत सुधार, अन्तरमन्त्रालय सहकार्य तथा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि प्रसारण प्रणालीको द्रुत विकास नै पहिलो शर्त हो ।
६५ सय मेवामध्ये कसको पीपीए गरौं ? प्रबल अधिकारी प्रमुख, विद्युत् व्यापार विभाग, नेपाल विद्युत् प्राधिकरण हाल विद्युत् व्यापार विभागमा आरओआर पीपीएका लागि करीब ६ हजार ५ सय कुल क्षमताका आयोजनाको निवेदन परेका छन् । इनर्जी मिक्समा ३५ प्रतिशत अंश हुने तय भएअनुसार आरओआरतर्पm कुल ५ हजार २ सय ५० मेवाको टेक अर पे हुन सक्छ । यसमध्ये ३ हजार मेवाको टेक अर पे भइसकेका कारण २ हजार २ सय ५० मेवा बाँकी रहन्छ । यसमध्ये पनि करीब ७ सय ५० मेवा क्षमताका आयोजनाले पछि टेक अर पे हुने अपेक्षासहित हाल टेक एण्ड पेमै सम्झौता गरेका छन् । पहिलेको नजीरका आधारमा पनि यदि टेक अर पे खोल्ने हो भने सर्वप्रथम योबीचमा टेक एण्ड पेमा सम्झौता भएका ७ सय ५० मेवालाई पहिले टेक अर पे गर्नुपर्छ । त्यसो गर्दा पनि थप कुल १ हजार ५ सय मेवा क्षमताका आयोजनाले मात्रै टेक अर पे पाउँछन्, बाँकीलाई फेरि के गर्ने ? यो विषय प्राधिकरणको सञ्चालक समितिदेखि मन्त्रालयसम्मै विचार विमर्शको क्रममा रहेको छ । पहिले निवेदन दिएको, सुक्खा मौसममा धेरै ऊर्जा दिने वा अन्य कुन आधारमा प्राथमिकता निर्धारण गर्ने भन्ने विषयमा घनीभूत छलफल चलिरहेको छ । सरकारको निर्णय प्राधिकरणले लागू गरेन शैलेन्द्र गुरागाईं अध्यक्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) सरकारको योजना तथा मन्त्रीका हरेक भाषणमा १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने भनिने गरेको छ । यसले गर्दा बैङ्कहरू टेक एण्ड पेमा पीपीए गर्न मान्दैनन् । यता प्राधिकरण टेक अर पे गर्नै मान्दैन । राज्यकै दुई निकायबाट दुई खालको कुरा आउँदा समस्या भयो । राज्यको हरेक निकायबाट एउटै कुरा आउनुपर्‍यो र आएको कुरा लागू हुनुपर्‍यो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)