प्रकाण्डको रिहाइको माग गर्दै तेस्रो पटक सर्वोच्चमा निवेदन
Aug 24, 2018
 
समाचार
मुख्य खबर
भदौ ८, काठमाडौं । सर्वोच्च अदालतले पटक पटक रिहा गर्न आदेश दिएको भएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई प्रहरीले पुनः पक्राउ गर्दै आएको उल्लेख गर्दै शुक्रवार पुन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ ।
उनलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको यो तेस्रो निवेदन हो ।
रिट विनेदनमा प्रकाण्डलाई विना आधार पक्राउ गरिएको दावी गरिएको छ । बिहीवार पनि उनलाई रिहा गर्न आदेश दिएपछि पनि प्रहरीले राती ९ बजे पक्राउ गरी नुवाकोट लगेको बताइएको छ ।
दुई साता अघि प्रकाण्डले चन्दा आतङ्क गरेको आरोप लगाइएको थियो । त्यसपछि उनले काभ्रेमा आगो लगाउने कार्य गरी अपराध गरेको उल्लेख गर्दै प्रहरीले पक्राउ गरेको थियो । यसैगरी नुवाकोटमा पनि उनले अपराध गरेको जनाई बिहीवार राती पक्राउ गरिएको हो ।