कर्मचारीको खातामा झुक्किएर सय गुणा बढी तलब गएपछि...
Aug 28, 2018
 
र यो पनि
भदौ १२, अष्ट्रेलिया । अष्ट्रेलियामा एक जना कर्मचारीले आफूले खाइपाइ आएको तलबको सय गुणाभन्दा बढी तलब पाएका छन् । कम्पनीको गल्तीले गर्दा उनले सो रकम पाएका थिए ।
कम्पनीले उक्त व्यक्तिको तलब रकममा दशमलव गलत स्थानमा राख्दा त्यस्तो भएको हो । कर्मचारीको खातामा ४ हजार ९ सय २१ डलर ७६ सेन्टमात्रै तलब पठाउनु पथ्र्यो । तर खातामा भने ४ लाख ९२ हजार १ सय ७६ डलर तलब गयो ।
नर्थन टेरिटरीको विकट क्षेत्रमा बस्ने ती कर्मचारी निकै सज्जन थिए । उनले तलब बाहेकको रकम फिर्ता गरिदिएको त्यहाँको महालेखा परिक्षकले बताएका हुन् ।
तलब भुक्तानी भएको ४ दिन पछि पुनः भुक्तानी भएको बताइएको छ । उक्त व्यक्ति विकट क्षेत्रमा रहने भएकोले बैङ्कसम्म पुग्न बढी समय लागेको हो । नर्थन टेरिटरीमा सन् २०१७ को जुलाई देखि सन् २०१८ को जनवरीसम्ममा बढी भुक्तानीका ७ सय ४३ ओटा यस्तै घटना दर्ता भएका छन् ।
यस मध्ये ७ लाख ६७ हजार त अहिलेसम्म फिर्ता पनि भएका छैनन् । हरेक वर्ष सो क्षेत्रमा १२ लाख कर्मचारीमध्ये शून्य दशमलव २ प्रतिशतलाई तलब भन्दा बढी भुक्तानी हुने गरेको त्यहाँको डिपार्टमेण्ट अफ कर्पोरेट एण्ड इन्फर्मेशन सर्भिसेजले बताएको छ । एजेन्सी