ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्वाइफ्रेण्ड नखोजिदिने कम्पनीमाथि मुद्दा !

Aug 29, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै एक महिलाले कम्पनीविरुद्ध मुद्दा हालेकी छन् । पारपाचुके गरेर एकल जीवन बिताइरहेकी र धनी ब्वाइफ्रेण्डको खोजीमा रहेकी महिलाले ब्वाइफ्रेण्ड पाउन नसकेको र यसबाट आफूलाई नोक्सानी भएको भन्दै कम्पनीमाथि मुद्दा हालेकी हुन् । धनी ब्वाइफ्रेण्डको खोजीमा रहेकी तेरेजा बुर्की नामक महिलाले लण्डनस्थित सेभेण्टी थर्टी नामक डेटिङ एजेन्सीमाथि कम्पनीले धोकाधडी गरेको आरोप लगाउँदै उच्च अदालतमा मुद्दा हालेकी हुन् । कम्पनीले उनलाई भनेजस्तो पुरुष खोज्न नसकेको र यसैकारण आफूलाई नोक्सान भएको तथा कम्पनीले आफूलाई झूटो आश देखाएको उनको आरोप छ । उनको मुद्दाको सुनुवाइ गर्दै अदालतले डेटिङ कम्पनीद्वारा उसको एक्सक्ल्युसिभ सदस्यता कार्यक्रममार्फत उनलाई झुक्याएको ठहर गरेको छ । डेटिङ कम्पनीमा सदस्यताका लागि तेरेजाले ठूलो रकम चुक्ता गरे पनि वाचा गरेअनुसार उचित सेवा भने नदिएका कारण अदालतले कम्पनीलाई दोषी ठहर गरेको हो । सन् २०१३ मा कम्पनीको सदस्यता लिएकी उनी ३ सन्तानकी आमा पनि हुन् । उनले सदस्यतालगायत विभिन्न शीर्षकमा गरेर कम्पनीलाई १२ हजार ६ सय पाउण्ड बुझाएकी थिइन् । भनेजस्तो पुरुष खोजिदिन नसकेपछि उनले सो रकम फिर्तासहित तनाव, निराशाजस्ता उनले भोगेका पिडाको भर्पाइस्वरूप क्षतिपूर्ति तिर्न कम्पनीविरुद्ध मुद्दा हालेकी हुन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)