ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अङ्ग्रेजी कमजोर भएकैले जापानी बैङ्कहरू जोगिए !

Jun 30, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सन् २००८ मा अमेरिकी इन्भेष्टमेण्ट बैङ्क लेहम्यान ब्रदर्श टाट पल्टिएपछि विश्वव्यापी वित्तीय सङ्कट शुरु भएको थियो । साढे ६ खर्ब डलरको सम्पत्ति भएको लेहम्यान ब्रदर्श टाट पल्टिएपछि बैङ्कसँग सम्बन्ध राख्ने विश्वभरिका धेरै लगानीकर्ता पनि डुब्न पुगेका थिए । तर, जापानी अर्थमन्त्री तारो आसोले हालै एक आश्चर्यजनक खुलासा गरेका छन् । आसोले जापानी बैङ्करहरुको कमजोर अङ्ग्रेजीका कारण जापानका बैङ्कहरु धराशयी हुनबाट जोगिएको दाबी गरेका छन् ।

जापानी बैङ्कहरुमा कार्यरत धेरै उच्च अधिकारी अङ्ग्रेजी राम्ररी बोल्न नजान्ने भएकाले पश्चिमा बैङ्कहरुसँग उनीहरुको सञ्चार र व्यापारमा कम सम्बन्ध रहेको उनको भनाइ छ । ‘भाषागत कमजोरीकै कारण जापानी बैङ्करहरुले अमेरिकी बैङ्कहरुले तयार गरेका जटिल वित्तीय उपकरणलाई बुझेनन् र खरीद गर्न अगाडि बढेनन्,’ शुक्रवार टोकियोमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै आसोले भने । विश्वभरिका धेरै लगानीकर्ता अमेरिकी बैङ्कहरुका कथित ‘सब–प्राइम मोर्गेज लोन’ (कमसल घरजग्गा धितो)जस्ता संदिग्ध उत्पादनतर्फ तानिए पनि जापानीहरु आकर्षित नभएको उनले बताए ।

‘यूरोपेली र जापानी बैङ्कहरुलाई दाँज्दा यो तथ्य सही देखिन्छ,’ उनको कथन थियो । वित्तीय सङ्कटअघि अमेरिकी सब–प्राइम लोन किन्नेमा यूरोपेली बैङ्कहरुले निकै अग्रसरता देखाएका थिए । यसबाटै अमेरिकाको खराब ऋणले यूरोपलाई पनि सङ्क्रमित बनाएको ठानिन्छ । हाल यूरोपेली वित्तीय प्रणालीमा देखिएका समस्याको एक कारणका रुपमा खराब ऋणको सङ्क्रमणलाई पनि मानिन्छ । विश्वव्यापी वित्तीय सङ्कट उत्कर्षमा पुगेको समयमा जापानको प्रधानमन्त्री पदसमेत सम्हालिसकेका (सन् २००८ सेष्टेम्बरदेखि २००९ सेप्टेम्बरसम्म) आसोको यो पछिल्लो भनाइले मानिसहरुको तीव्र चासोलाई जन्म दिएको छ । यसअघि गरेका केही निकै विवादास्पद टिप्पणीहरुले गर्दा आसोले निकै ठूलो आलोचना खेप्नु परेको थियो । जनवरीमा आसोले सरकारमाथि महँगो स्वास्थ्यसेवाको भार थपेको भन्दै जापनका वृद्धवृद्धाहरुले चाहेमा उनीहरुलाई ‘चाँडै मर्न दिइनुपर्ने’ अभिव्यक्ति दिएका थिए । सन् २००७ मा उनले अल्जाइमरका रोगीहरुबारे गरेको एक ठट्टा र मध्य जापानमा गएको एक विनाशकारी बाढीबारे गरेको हल्का टिप्पणीपछि पनि माफी माग्नु परेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)