ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खुशी : सफलताको मापन

Aug 30, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
हरेक व्यक्तिको चाहना हो खुशी, धन सम्पत्ति र सफलता । हामीमध्ये कतिमा धनी हुने सपना छ । कोही खुशीको खोजीमा भौतारिरहेका छन् । अनि कोही भने जे गरी हुन्छ, जसरी हुन्छ धनी सम्पत्ति जोड्ने दौडमा छन् । बिल गेट्स, वारेन बफेट र रिचार्ड ब्रान्सन विश्वकै सर्वाधिक धनी व्यक्तिमध्ये पर्दछन् । कतिपयलाई यिनीहरूको जस्तै जीवनशैली अपनाउन पाए त ! भन्ने लोभ पनि होला । यी तीनैजना ‘सेल्फमेड’ अर्बपति हुन् । कठिन परिश्रम र मेहनतले यिनीहरू उक्त स्थानमा पुग्न सफल भएका हुन् । आफ्नो जीवनमा यिनीहरूले निकै उतारचढाव पनि देखेका र भोगेका छन् । तर, अहिले यिनीहरूसँग अर्बौं डलरबराबरको सम्पत्ति छ । जेफ बेजोसलाई पछ्याउँदै गेट्स यो शताब्दीकै दोस्रो खर्बपति बन्ने क्रममा छन् । अहिले गेट्सको सम्पत्ति ९८ अर्ब डलर रहेको ब्लुम्बर्गको बिलेनियर इण्डेक्सले देखाएको छ । बफेटको सम्पत्ति पनि करीब ८७ अर्ब डलर आसपास छ भने ब्रान्सनको पनि ५ अर्ब ६६ करोड डलरबराबरको सम्पत्ति छ । यत्तिका सम्पत्ति भए पनि धन सम्पत्तिले सफलता नाप्न सकिन्न भन्छन् तीनै व्यवसायी । सफलता भनेको त कुनै व्यक्ति कत्तिको खुशी छ वा आसपास वरिपरि कत्तिका मानिसहरू छन् भन्ने कुराबाट मात्रै निर्धारण गर्न सकिने गेट्स, बफेट र ब्रान्सनको धारणा छ । गत फेब्रुअरीमा अमेरिकी सामाजिक सञ्जाल वेबसाइट रेडिटको ‘आस्क मी एनी थिङ सेसन’मा सफलताको अर्थ के हो भन्ने प्रश्न बिल गेट्सलाई सोधिएको थियो । ‘आफ्ना निकटस्थ व्यक्तिहरू खुशी छन् कि छैनन्, तिमीलाई माया गर्छन् कि गर्दैनन् भन्ने मापक हो सफलता,’ आफ्ना साथीसमेत रहेका बफेटको भनाइ उद्धृत गर्दै गेट्सले बताएका थिए । गेट्सका लागि सफलताको अर्को मापक भने अर्थपूर्ण काम गर्न पाउनु नै हो । सफ्टवेयर क्रान्तिको बेलामा माइक्रोसफ्टमा रहेर दिएको योगदान अहिलेसम्म आफूले गर्न पाएको सबैभन्दा ठूलो काम हो भन्छन् गेट्स । गेट्सले कमाइरहेका मात्र छैनन्, अर्बपतिहरूको परोपकारी संस्था ‘गिभिङ प्लेज’ र ‘बिल गेट्स एण्ड मेलिण्डा गेट्स फाउण्डेशन’मार्फत मानवीय हितका काममा अर्बौं डलर दान पनि दिइरहेका छन् । ब्रान्सन भने सफलताको मापक खुशीलाई ठान्छन् । ‘धेरैजसो मानिसले कति सम्पत्ति वा पैसा कमाइयो, सो आधारमा सफलताको मापन गर्छन्,’ गतवर्ष एक लिङ्क्डइन पोष्टमा ब्रान्सनले भनेका थिए, ‘मेरो विचारमा वास्तविक सफलता त आपूm कत्तिको खुशी छु भन्ने आधारमा मापन गरिनुपर्छ ।’ यद्यपि, कसैले खुशीमै मात्र केन्द्रित गर्दा पनि सम्पत्ति कमाइने उनको धारणा छ । हरेक उद्योगी र व्यवसायीको सफलताको मापक सम्पत्ति वा रुपैयाँ पैसा नै हुन्छ भन्ने गलत धारणा आम मानिसमा हुन्छ । तर, यस्तो होइन । र, यस्तो हुनु पनि हुँदैन भन्छन् ब्रान्सन । ‘मैले पैसा कमाउनकै लागि भनेर व्यवसाय गरेको होइन । भर्जिन समूहका हरेक उत्पादन र सेवा मानिसको जीवनमा सकारात्मक प्रभाव पार्नेगरी तयार पारिएको छ,’ उनले भने । उपभोक्ताहरू कसरी खुशी होलान् भन्नेमा केन्द्रित गरेर आफूले एउटा सफल समूह खडा गर्न सकेको दाबी उनले गरेका छन् । ‘तपाईंले राम्रो काम गरिररहनु भएको छ, यसमै रमाइरहनु पनि भएको छ भने पैसा आफसेआफ आउँछ,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)