ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धूम्रपानविरोधी विज्ञापन प्रत्युत्पादक हुन सक्छ

Jul 1, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अहिले धेरै देशमा धूम्रपानविरोधी गतिविधिलाई निकै महत्व दिने गरिएको पाइन्छ । तर, हालै गरिएको नयाँ अध्ययनमा भने सञ्चारमाध्यमहरुमा सर्वसाधारणको हितका लागि भन्दै धूम्रपानबाट हुने जोखीम देखाइएका विज्ञापनहरु प्रत्युत्पादक हुन सक्ने पाइएको छ । पेन्सिलभेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनअनुसार यस्ता केही विज्ञापन हेर्नेहरुमा धूम्रपानको चाहना बढ्न सक्छ । मिडिया साइकोलोजी जर्नलको पछिल्लो अङ्कमा प्रकाशित एक रिपोर्टमा कमजोर सन्देशयुक्त त्यस्ता विज्ञापनले दर्शकलाई धूम्रपानका लागि प्रोत्साहन गर्ने सम्भावना पाइएको उल्लेख छ ।

‘विज्ञापनहरुमा चुरोटलगायतका वस्तु र धूम्रपानसम्बन्धी व्यवहारका दृश्यहरुले सार्वजनिक सन्देशलाई अझै बढी प्रासङ्गिक बनाउन र लक्षित दर्शकलाई सचेत पार्न सहयोग गर्न सक्छ,’अध्ययनकर्ता प्राध्यापकद्वय सुङ्ग योङ ली र जोसेफ एन कापेल्लाले लेखेका छन् । यद्यपि, त्यस्ता वस्तु र व्यवहार प्रयोग गर्दा कतिपय अवस्थामा भने दर्शकहरुको ध्यान विज्ञापनमा प्रस्तुत गरिएको आवाजभन्दा दृश्यतर्फ जाने उनीहरुले बताएका छन् । पाशर्वमा दिइने आवाज र ‘नन–क्यू भिजुअल’ सबैभन्दा महत्वपूर्ण हुने भएकाले दर्शकहरुको ध्यान हट्दा सन्देश प्रभावहीन हुने अनुसन्धानकर्ताद्धयले उल्लेख गरेका छन् । धूम्रपानविरोधी सचेतना विज्ञापनहरुको सफलता तिनले दर्शकहरुको ध्यान कतिको खिच्न सक्छ भन्नेमा निर्भर हुने प्राध्यापकद्वयको भनाइ छ ।‘यस्ता विज्ञापनले चुरोटको सेवन हानिकारक हुन्छ भन्ने धारणा बनाउन सहयोग गर्छन्, तर कमजोर सन्देशयुक्त विज्ञापनले भने ठीक उल्टो प्रभाव पार्न सक्छ,’रिपोर्टमा बताइएको छ ।

अध्ययनमा केही सफल मानिएका धूम्रपानविरोधी विज्ञापनका उदाहरण पनि प्रस्तुत गरिएका छन् । सन् २०१२ मा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सन् २०१२ मार्चमा सार्वजनिक एक टीभी विज्ञापन, जसमा एक पूर्वधूम्रपान सेवनकर्तालाई श्वासप्रश्वासको समस्या भएपछि ट्राचेक्टोमीको सहायता लिनु परेको देखाइएको छ । उक्त सार्वजनिक सन्देश गत वर्ष सबैभन्दा सशक्त टेलिभिजन विज्ञापनहरुको सूचीमा समेत परेको थियो । त्यसैगरी, मार्चमा क्यानेडाली सरकारले बनाएको एक त्यस्तै विज्ञापनलाई पनि अर्को सशक्त र चिरस्मरणीय सन्देशका रुपमा लिइन्छ, जसमा धूम्रपानलाई भीडभाडमा मानिसहरुले पेटबाट छोड्ने वायुसँग दाँजिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)