ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१५ ओटा ‘रिफ्युलर’ किन्ने तयारी

Sep 2, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । पछिल्लो समय हवाई इन्धन (एटीएफ) भर्ने ‘रिफ्युलर’को अभाव देखिएको बेला १५ ओटा खरीद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयको सहमति खोज्ने तयारी गरेको छ । भारतको नयाँ दिल्लीमा उद्योगमन्त्री मातृकाप्रसाद यादव र त्यहाँका वाणिज्यमन्त्री सुरेश प्रभुबीच यस विषयमा छलफल भएसँगै मन्त्रालयले त्यस्तो तयारी गरेको हो । दुईपक्षीय छलफलमा हवाई इन्धन भर्ने ‘रिफ्युलर’ समस्या हल गर्न भारत तयार देखिएको मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । मन्त्रालय स्रोतका अनुसार ‘रिफ्युलर’ खरीदको विषयमा आयल निगमसँग छलफल गरी अर्थसँग सहमति माग्ने मन्त्रालयको तयारी छ । भारतीय पक्षले आउँदो सेप्टेम्बरमा ‘रिफ्युलर’ र पेट्रोलियम ढुवानीमा देखिएका समस्या हल गर्न आप्mनो एक टोली नेपाल पठाउने तयारी गरेको बुझिएको छ । ‘रिफ्युलर’का विषयमा भारतले नेपाललाई दुईओटा विकल्पसमेत दिएको छ । भारतीय पक्षले आफूले प्रयोग गरेका निःशुल्क लैजान वा नयाँ खरीद गर्न नेपाली पक्षलाई सुझाव दिएको मन्त्रालयका सहसचिव ढकालको भनाइ छ । प्रचलित मूल्यको आधारमा खरीद गर्न अर्थले सहमति दिएपछि प्रक्रिया अघि बढाइने उनको भनाइ छ । अहिले भने सो विषयमा नेपालले कुनै प्रतिक्रिया नदिई फर्किएको छ । दैनिक ४ सय उडान हुने विमानस्थलमा ७ ओटा रिफ्युलले इन्धन भर्छन् । प्रत्येक साढे दुईदेखि तीन मिनेटमा विमानले उडान गर्छन् । आयल निगमले सन् २००९ यता एउटा पनि रिफ्युलर थपेको छैन । यसले निकै समस्या उब्जिएको छ । दुई देशबीच भएको छलफलमा नेपालमा भारतीय ग्यास बुलेटले खाना पकाउने एलपी ग्यास ल्याइरहेको विषयमा समेत कुरा उठेको छ । त्यसक्रममा नेपाली पक्षले नेपाली ग्यास बुलेट भारतमा गएर ग्यास भर्न तत्कालै लाइसेन्स लिनुपर्ने प्रावधान संशोधन गर्न माग गरेको बुझिएको छ । ढकालले भने, ‘ग्यास प्लाण्ट टर्मिनलसम्म जाने व्यवस्था मिलाउनेबारे भारतले लचकता अपनाउने जानकारी दिएको छ ।’ अमलेखगञ्जसम्म पेट्रोलिम पदार्थको पाइपलाइन निर्माणकार्य भइरहेको र चितवनसम्म विस्तारको सम्भावनामा विस्तृत अध्ययनको लागि पनि नेपालले आग्रह गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)