ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैङ्क : सरकारी संस्थानतर्फको कर्जा प्रवाह १० प्रतिशत वृद्धि

Sep 2, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७४/७५ मा सरकारी संस्थानमा वाणिज्य बैङ्कहरूबाट २ दशमलव ७ प्रतिशतले लगानी बढेको छ । अघिल्लो आवमा ७ दशमलव ८ प्रतिशतले खुम्चिएको सरकारी संस्थानतर्पmको कर्जा गत आवमा भने १० दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत असार मसान्तसम्म नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व रहेका करीब ३७ ओटा सार्वजनिक संस्थानमा वाणिज्य बैङ्कहरूले १० अर्ब ८६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा प्रवाह अघिल्लो आवको तुलनामा रू. १ अर्ब ३ करोड २४ लाख बढी हो । सरकारी मातहतका औद्योगिक, व्यापारिक र सेवाक्षेत्रका सार्वजनिक संस्थानहरूमा जाने कर्जामा भएको वृद्धिका कारण समग्र संस्थानमाथिको दाबी बढेको तथ्याङ्कले देखाएको हो । सार्वजनिक संस्थानमा गएको कुल कर्जामध्ये गैरवित्तीय संस्थानहरूमा रू. ९ अर्ब ८१ करोड ८५ लाख कर्जा प्रवाह भएको छ । बाँकी रू. १ अर्ब ४ करोड ७५ लाख सरकारी वित्तीय क्षेत्रका संस्थाहरूमा प्रवाह भएको देखिन्छ । वित्तीय क्षेत्रअन्तर्गत बैङ्क, वित्त तथा बीमा कम्पनी, निक्षेप तथा कर्जा सुरक्षण निगम, स्टक एक्सचेञ्ज र जलविद्युत् लगानी तथा विकास कम्पनी पर्छन् । यो क्षेत्रमा देखिएको कर्जा सरकारी बैङ्क तथा वित्त कम्पनीहरूले निजी वाणिज्य बैङ्कहरूबाट लिएको अन्तरबैङ्क सापटी भएको राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । गैरवित्तीय क्षेत्रअन्तर्गतका औद्योगिक संस्थानहरूमा जम्मा रू. ४३ करोड १९ लाख कर्जा प्रवाह भएको छ । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार औद्योगिक क्षेत्रमा गत असार मसान्तसम्म भएको कुल कर्जा लगानी गत आवको भन्दा करीब २३ करोड ४२ लाख रुपैयाँले बढी हो । सो अवधिसम्म व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानहरूमा सबैभन्दा धेरै रू. ५ अर्ब ८५ करोड १ लाख कर्जा प्रवाह भएको तथ्याङ्कमा उल्लेख छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करीब रू. ६८ करोड १८ लाख बढी हो । यस्तै, सरकारी स्वामित्वका सेवाप्रदायक संस्थानहरूमा गत असार मसान्तसम्म १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस समूहका अधिकांश संस्थानले कर्जा नलिएकाले उक्त शीर्षकअन्तर्गत देखिएको सबै कर्जा नेपाल वायुसेवा निगम, जनक शिक्षा सामग्री केन्द्रलगायत संस्थानमा गएको राष्ट्र बैङ्कले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)