ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६४ करोड मासिक घाटा बेहोर्दै नेपाल आयल निगम

Sep 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
भदौ १९, काठमाडौं । नेपाल आयल निगमको बढ्दो घाटा झन् चुलिँदै जाने देखिएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च वृद्वि भएसँगै निगमको खर्च बढ्न गई घाटा चुलिन थालेको हो । निगमका अनुसार हाल बे्रण्ट कच्चा तेलको मूल्य यूएस डलर ७७ प्रति ब्यारेल पुगेको छ । १५ दिनअघि यस्तो मूल्य ७२ मा सीमित थियो । अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यनले पेट्रोलियम पदार्थको आयात खर्च चुलिँदा घाटा नियन्त्रण बाहिर जान लागेको निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । कच्चा तेलको प्रतिब्यारेल मूल्य यूएस डलर एक मात्र बढ्दा महीनामा आयल निगमलाई करीब रू. १७ करोडको भार पर्दै आएको छ । त्यस्तै प्रतिअमेरिकी डलरमा रू. १ ले मात्र डलरको सटही दर बढ्दा रू. १५ करोड अतिरिक्त भार पर्ने गरेको देखिन्छ । पछिल्लोपटक १ सेप्टेम्बरमा निगमलाई भारतीय आयल निगमले नयाँ मूल्य पठाएको छ । यही अवस्था रहिरहेमा निगमको खर्च ठूलो मात्रामा बढ्न गई घाटा चुलिने देखिन्छ । निगमका अनुसार पछिल्लो नयाँ मूल्यअनुसार निगमको मासिक घाटा रू. ६४ करोड हुनेछ । निगमका अनुसार १५ दिनको त्यस्तो घाटा ३१ करोड ५९ लाख हुने अनुमान गरिएको छ । कारोबारमा ८० प्रतिशत अंश ओगटेको डिजेलमा हाल प्रतिलिटर २ रुपैयाँ ८४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ३३ रुपैयाँ ९१ पैसा आयल निगमले घाटा बेहोर्नुपरेको छ । निगमका अनुसार यी दुई पदार्थमा मात्रै निगमलाई १५ दिनमा मात्रै रू. ५९ करोड घाटा हुने गरेको छ । निगमका कार्यकारी निर्देशक भट्टराईका अनुसार हाल पेट्रोलियम पदार्थको खपत वार्षिक २० प्रतिशतका दरले बढिरहेको छ । अन्तरराष्ट्रिय मूल्यमा उच्च वृद्धिसँगै आयल निगमको घाटा चुलिँदा ९० दिनको पेट्रोलियम पदार्थको प्रादेशिक क्षमता विकास गर्ने निगमको लक्ष्य अघि बढ्न बाधा पुगेको बताइएको छ । बढ्दो घाटालाई न्यूनीकरण गर्न दुई रङको एलपी ग्यासमध्ये व्यापारिक प्रयोजनको ग्यासमा मूल्यवृद्धि गर्ने, पेट्रोलियम पदार्थको मूल्य बेलाबेलामा समायोजन गर्ने निगमको लक्ष्य रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)