ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शरीरको तापबाटै चल्ने टर्चलाइट

Jul 4, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

यो आविष्कारले बिजुली बत्ती र ऊर्जा उत्पादन क्षेत्रलाई अहिले तरङ्गित गरिदिएको छ । क्यानाडाकी एक १५ वर्षीया किशोरीले हालै प्रयोगकर्ताको शरीरको तापबाट चल्ने टर्चलाइटको आविष्कार गरेकी छिन् । भिक्टोरिया शहरस्थित सेण्ट माइकल्स युनिभर्सिटी स्कूलकी १० कक्षाकी छात्रा एन म्याकोसिन्सीले आविष्कार गरेको सो टर्चलाइटमा ब्याट्रीको आवश्यकता पर्दैन । किनभने यसले बत्ती बाल्न नयाँ स्रोत हासिल गर्नतर्फ अनुसन्धानकर्ताहरुलाई झक्झक्याएको छ ।

म्याकोसिन्सीले ६ कक्षामा पढ्दादेखि नै विज्ञानसम्बन्धी मेलाहरुमा आफूले बनाएको सामग्रीहरु प्रस्तुत गर्न शुरु गरेकी थिइन् । उनको विशेष रूचि वैकल्पिक ऊर्जामा रहेको छ । यसैक्रममा एक अन्तरवार्तामा उनले आफ्नो वरिपरि भएकै ऊर्जा प्रयोग गरेर अतिरिक्त ऊर्जा उत्पादन गर्न आफू उत्साहित भएको बताएकी छिन् । विभिन्न प्रकारका वैकल्पिक ऊर्जाको स्रोतबारे अनुसन्धान गर्ने क्रममा ‘पेल्टियर टाइल्स’ (एकापट्टि तातो र अर्कोपट्टि चिसो हुँदा बिजुली उत्पादन गर्ने साधन) डिभाइसबारे जानकारी पाएको उनको कथन छ । ७ कक्षामा पढ्दादेखि नै त्यस्ता डिभाइसहरुमा परीक्षण थालेको र यसमा मानव शरीरले उत्पादन गर्ने तापीय ऊर्जालाई रोकेर राख्ने क्षमता हुनेबारे सोचेको उनी बताउँछिन् ।

परीक्षणकै क्रममा उनले मानिसको हातबाट उत्पन्न हुने तापक्रम सैद्धान्तिक रुपमा नै टर्चलाइटमा प्रयोग गरिने एलईडी पर्याप्त मात्रामा बल्न चाहिने ऊर्जाबराबर हुन्छ कि हुँदैन भन्नेबारे गणना गर्ने क्रममा नयाँ खोज गरेकी हुन् । यसका लागि उनले पेल्टियर टाइल्स किनेर त्यसमा परीक्षण गर्दा त्यसबाट पर्याप्त ऊर्जा ननिस्कएपछि सर्किटको डिजाइनमा परिवर्तन गरेर भोल्टेज बढाउने उपाय पत्ता लगाएकी थिइन् । परीक्षणकै क्रममा एक समयमा यो अनुसन्धानले काम नगर्ने सोचाइमा पुगे पनि महीनौं लगाएर अनुसन्धान गरेपछि अन्ततः ‘इनर्जी हार्भेसिष्टङ’ नामक एक आलेख पढेपछि मात्र सर्किटले काम गरेको थियो । परीक्षणबाट उनले दुई फरक खालका टर्चलाइट बनाएकी छिन् ।

यस्ता टर्चलाइट बनाउन करीब २६ डलर खर्च भएको र ठूलो सङ्ख्यामा उत्पादन गर्दा यसको लागत अझै घट्न सक्ने उनको दाबी छ । उनले यो खोज गूगल साइन्स फेयरमा प्रदर्शनीमा राखेकी थिइन् । म्याकोसिन्सीको यो आविष्कारले मेलामा अन्तिम प्रतिस्पर्धासम्म स्थान पाएको र यसले धेरैको ध्यानाकर्षणसमेत गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)