ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीजको खर्च घटाएर पूँजीबजारमा लगानीको विकल्प

Sep 12, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । तीज मनाउने प्रचलन अलि भड्किलो र खर्चिलोे बन्दै गएको टिप्पणी समान्य भइसकेको छ । विगतमा तीजको दरखाने भन्ने दिन एउटा मात्रै हुन्थ्यो । चाडपर्वको पात्रोमा अभैm पनि एउटै दिन (यस वर्ष भदौ २६ गते दरखाने दिन) उल्लेख छ । दरखाने दिनको भोलिपल्ट तीजको व्रत बस्ने दिन हो । तर, अचेल तीज आउनुभन्दा १ महीना अगाडिबाट तीजको दरखाने प्रचलन बढ्दो छ । यस्तो दरको भोज विभिन्न आफन्तले छुट्टाछुट्टै गर्छन् । अहिले महिलाहरू दिनहँुजसो कहिले कुन आफन्तकोमा त कहिले कुन आफन्तकोमा भेट भइरहन्छन् र दर खाइरहन्छन् । त्यसमाथि विभिन्न सङ्घसंस्था (एनजीओ, सहकारी) आदिले पनि अलग्गै दरका कार्यक्रम गर्छन् । यस्ता कार्यक्रममा धैरै खाना खेर फालिन्छ । यस्तो कार्यक्रममा सहभागी हुने महिलाबीच नयाँनयाँ फेशनका महँगा पहिरन र गहना लगाउने प्रतिस्पर्धाजस्तै हुन्छ । यी सब कारणले अचेलको तीज महँगो र अपव्ययको चाड बनेको छ । यस्तो प्रचलनलाई कम गर्न महिला आफैले मात्र सक्छन् । एक जमाना थियो, महिलाहरू निकै परनिर्भर हुन्थे आफ्नो पति, बुबा वा दाजुले कमाउँथे । उनीहरूले आफ्नो कमाइबाट रमाइलो गर्ने स्वतन्त्रता महिलाको चाडको अवसरमा १ दिनमात्रै दिन्थे । अहिले त्यस्तो छैन । अहिले कतिपय नारीहरू आत्मनिर्भर भइसकेका छन् । परनिर्भरताको अवस्था निकै घटेको छ । पुरुषहरूको दृष्टिकोण पनि धेरै फेरिसकेको छ । कतिपय नारीहरू पनि पति, बाबु वा दाजुसँग अधिकारपूर्वक माग गरी आप्mना धेरै चाहना पूरा गर्न सक्ने भएका छन् । महिलाहरूले तीजका अवसरमा अनावश्यक गर्ने खर्च कुनै उत्पादनशील क्षेत्रमा लगानी गरेर भविष्यमा त्यसबाट राम्रो प्रतिफल पाउनेतर्पm सोच्नुपर्ने बेला भइसकेको छ । १ महीना अगाडिदेखि तीजको नाममा खर्च हुने समय र पैसा अन्य क्षेत्रमा लगानी गरेमा महिला स्वतन्त्रता झन् बलियो हुनेछ । अहिलेको अवस्था हेर्ने हो भने छोटो समयमा धेरै आम्दानी गर्ने क्षेत्र भनेको शेयरबजारमा लगानी नै हो ।

तीज मनाउँदै गर्दा शेयरबजारमा लागेका महिलाको सुझाव

दुर्गा तिवारी सक्रिय लगानीकर्ता अहिले तीज मनाउने प्रचलनमा एकदमै विकृति आएको छ । तीज मनाउनुपर्छ भन्दैमा १ महीना अगाडिबाट दरखाने प्रवृत्ति पनि राम्रो होइन । अझ यसमा पनि लुगा, सुन, गहना र कपडा किन्ने प्रचलन रहेको छ । हामीले हाम्रो संस्कृतिको जर्गेना गर्नुपर्छ । तर, त्यसको नाममा अनावश्यक खर्च गर्नु राम्रो होइन । म तीजमा धेरै समय र पैसा खर्च गर्नुको सट्टा त्यो समय र पैसा कुनै उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्छु । म शेयरबजारमा लागेकाले के भन्छु भने, ‘महिला दिदीबहिनीलाई त्यो समय र पैसा शेयरबजारमा लगानी गर्नुहोस् । राम्रो प्रतिफल दिने कम्पनीको शेयर किन्नुहोस् । त्यसबाट छोटो समयमा राम्रो आम्दानी गर्न सकिन्छ ।’ राधा पोखरेल अध्यक्ष नेपाल पूँजीबजार लगानीकर्ता सङ्घ पहिलापहिला कुशेऔंशीपछि दरखाने प्रचलन थियो । अहिले १ महीनाबाट दरखाने प्रचलन भित्रिएको छ । यो एकदमै विकृति हो । पार्टी प्यालेसमा गर्ने खर्च, लुगा र गरगहनामा गर्ने खर्च पूँजीबजारमा लगानी गर्नुहोस् । अहिलेको बदलिँदो समाजमा नारीले पनि धेरै ठूलो काम गरेका छन् र गर्न सक्छन् भनेर देखाइसकेका छन् । म के भन्छु भने, ‘दिदीबहिनीले १ तीजमा १ महीना खर्च गर्ने पूँजी बचाएर पूँजीबजारमा लगानी गर्नुहोस् । पछि आफूलाई समस्या पर्दा उपयोग गर्न सकिन्छ र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिन्छ ।’ सरिता विष्ट अध्यक्ष, लिञ्च स्टक मार्केट लि. तीज भनेको वर्ष दिनसम्म भेट नभएका दिदीबहिनी भेट भई दुःखसुख साटासाट गर्ने दिन हो । वास्तवमा दर खुवाउने भनेको माइतीले हो । अहिले १ महीना अगाडिबाट दरखाने विकृति आएको छ । यस्तो खालको विकृति शहरमा मात्र हो । गाउँतिर भने यस्तो प्रवृत्ति छैन । गाउँका सहकारीमा आबद्ध दिदीबहिनीहरूले कृषिसम्बन्धी जनचेतना दिएर मनाएको देख्छु । आफ्नो कमाइअनुसार खर्च गर्ने प्रचलन छ । यो एकदमै राम्रो लाग्छ । तीजमा खर्च गर्नुहोस् तर चाहिएको बढी तडकभडक गरे र अनावश्यक खर्च गरे होइन । यसबाट केही रकम बचाएर उत्पादनशील क्षेत्रमा लगानी गर्नुहोस् । म शेयरबजारमा लागेकाले हजुरहरूले १ महीना अगाडिबाट तीजमा खर्च गर्ने रकम पूँजीबजारमा लगानी गर्न आग्रह गर्छु ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)