ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाडपर्व लक्षित साल्ट ट्रेडिङको नयाँ योजना : मोवाइल भ्यानबाट खाद्य बस्तु विक्री गर्ने

Sep 12, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
भदौ २७, काठमाडौं । साल्ट ट्रेडिङ लिमिटेडले आउँदै गरेको दशैं÷तिहार र छठ पर्वलाई लक्षित गरेर मोवाईल भ्यानबाट सुपथ मुल्यमा खाद्य वस्तु विक्री गर्ने भएको छ । कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङको ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मोवाईल भ्यानबाट सुपथ मूल्यमा खाद्य वस्तु विक्री गर्ने जानकारी दिइन् । उनकाअनुसार आम जनतालाई गुणस्तरीय सामान सुपथ मूल्यमा विक्री गर्दै आएको लिमिटेडले आफ्ना सेवा सातै प्रदेशमा विस्तार गरेको छ । कर्पोरेसनले हाल कृषि विकासमा सहयोग पुर्याउन अनुदानको मल र कृषि औजार विक्री गर्ने गरेको छ । गहुँको बिउ प्रशोधन गरेर किसानसमक्ष पुर्याएको तथा प्रशोधित तोरीको तेल उद्योग स्थापनाको पनि तयारी भइरहेको श्रेष्ठको भनाई छ । त्यस्तै, ५ सयलाई स्वदेश र आठ जनालाई थाइल्याण्डमा तालिम दिएर दक्ष जनशक्ति तयार गरिरहेको भन्दै कर्पोरेशनबाट वितरण हुने ग्यास र आयोडिनयुक्त नुनको विक्री बढेको पनि उनले जानकारी दिइन् । अहिले कर्पोरेसनमा नुनको आपूर्ति ६ महीनाका लागि पुग्ने सञ्चिती छ । सन् २०१६ को सर्भेअनुसार ९४ दशमलव ५ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाले उचित मात्रामा आयोडिन नुनको प्रयोग गरिरहेका थिए । सन् १९८५÷८६ को सर्भेअनुसार ४४ दशमलव २ प्रतिशत गलगाँड रोगी रहेकामा सन् २००७ मा शून्य दशमलव ४ प्रतिशतमा झरेको बताइएको छ । अहिले सबै प्रकारका नुन परीक्षण गर्दा ९० दशमलव ७ प्रतिशतमा उचित मात्रामा आयोडिनयुक्त पाइएको छ । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सेवामुखी भावले आम उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलव्ध गराउन निर्देशन दिए । उनले आवश्यक रसायनिक मल, चिनी, नुन तथा अन्य उपभोग्य वस्तुको सुपथ मूल्य र सहज आपूर्तिका लागि कर्पोरेसनले सेवामुखी रुपमा काम गर्नुपर्ने बताए । त्यस्तै, आपूर्ति मन्त्रालयका सहसचिव तथा कर्पोरेसनका सञ्चालक समिति सदस्य नवराज ढकालले आफ्नो उद्देश्यअनुसार सेवा विस्तार गर्न कर्पोरेसनलाई निर्देशन दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)