ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजारमा मोटर बीमाको पहुँच उच्च

Sep 13, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
मानिसको दैनिक जीवनका लागि सवारीसाधनको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ । समयको चाप र व्यस्तताका कारण आम मानिस गन्तव्यमा पुग्न सवारीसाधनको प्रयोग गर्छन् । तर, अव्यवस्थित ट्राफिक व्यवस्था, स्तरहीन सडक र गाडीको प्राविधिक समस्याले सवारी दुर्घटना पनि बढ्दै गएको छ । आकस्मिक रूपमा हुने त्यस्ता दुर्घटनाले उच्च मात्रामा भौतिक तथा मानवीय क्षति पनि हुने गरेको पाइन्छ । सो अवस्थामा सवारीधनीले गाडीको मर्मत, घाइतेको उपचार तथा मृतकका परिवारलाई निश्चित क्षतिपूर्ति पनि दिनुपर्ने हुन्छ । यसले सवारीधनीलाई पीडामाथि पीडा थपिएको हुन्छ । यसकारण मोटर बीमाको महŒव अत्यन्त उच्च देखिन्छ । यस्ता दुर्घटनाबाट सवारीधनीलाई थप पीडा नहोस् भनेर सरकारले मोटर बीमालाई अनिवार्य गरेको छ । बीमा समितिले पनि मोटर बीमादरसम्बन्धी निर्देशिका लागू गरेर यसलाई थप बलियो बनाएको छ । मोटर बीमा गरेपछि दुर्घटनाबाट हुने नोक्सानीको क्षतिपूर्ति बीमा कम्पनीले नै दिन्छन् । यसबाट सवारीधनीलाई दुर्घटना भएको बेलामा राहत प्रदान पनि हुन्छ । तेस्रो पक्ष बीमा पनि अनिवार्य भएकाले घटनाबाट प्रभावित जो कोहीलाई पनि बीमा कम्पनीले नै क्षतिपूर्ति प्रदान गर्छ । भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गर्दै सवारीधनीले गाडीको स्वतःस्पूmर्त रूपमा बीमा गर्न आवश्यक छ । हाल नेपालमा १८ निर्जीवन बीमा कम्पनीले मोटर बीमालेखको कारोबार गर्दै आएका छन् । ती कम्पनीमार्पmत नै सवारीधनीले आफ्नो मोटरको बीमा गर्न सक्नेछन् । सरकारको निर्देशनअनुसार सवारीधनीले वर्षेनि गाडीको बीमा गर्नुपर्ने हुन्छ । मोटर बीमादरसम्बन्धी निर्देशिका, २०७३ मा उल्लिखित प्रावधानअनुसार सवारीधनीले कम्पनीलाई बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । मोटर बीमालेखले मोटर, चालक र तस्रो पक्षको जोखीम रक्षावरण गर्ने निर्देशिकामा उल्लेख छ । यसरी हुन्छ सवारीसाधनको बीमा सवारीधनीले आफ्नो इच्छाअनुसार इजाजतप्राप्त कुनै पनि बीमा कम्पनीबाट गाडीको बीमा गर्न सक्नेछन् । मोटर बीमा गर्न ब्लुबूक, शोरूमले दिएको भ्याटबिल, सवारीधनीको परिचयपत्रको फोटोकपी र एक कपी फोटो आवश्यक हुने कम्पनीहरू बताउँछन् । उल्लिखित कागजपत्र जुटिसकेपछि दुवै पक्षको सहमतिमा मोटर बीमा गर्न सकिन्छ । संस्थाको नाममा भएको सवारीसाधनको हकमा संस्थाको प्रबन्धपत्रको नियमावली, प्रमुखको परिचयपत्र र बीमकसँग सम्झौता गर्ने व्यक्तिको परिचयपत्रको फोटोकपी आवश्यक पर्छ । त्यसपछि आवश्यक प्रक्रिया पु¥याएर सवारीसाधनको बीमा गर्न सकिनेछ । यस्तो छ दाबी भुक्तानी गर्ने प्रक्रिया दुर्घटना भएपछि सवारीधनीले सर्वप्रथम सम्बन्धित बीमा कम्पनीलाई खबर गर्न आवश्यक छ । तेस्रो पक्ष बीमाको हकमा अनिवार्य रूपमा प्रहरीलाई पनि खबर गर्नुपर्ने व्यवस्था छ । सवारीसाधन दुर्घटना भएपछि सम्भव भएसम्म सवारीधनीले फोटो खिचेमा दाबी प्रक्रिया सहज हुने कम्पनीहरू बताउँछन् । खबर प्राप्त भएपछि कम्पनीको प्रतिनिधि घटनास्थल पुगेर आवश्यक प्रमाण सङ्कलन गर्न सक्नेछन् । त्यसपछि कम्पनीले खटाएको सर्भेयरले वास्तविक क्षतिको रिपोर्ट निकाल्नुपर्ने हुन्छ । सो रिपोर्टको आधारमा कम्पनीले बीमितलाई क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने हुन्छ । घटनाको प्रकृतिअनुसार आवश्यक कागजपत्रका आधारमा पनि दाबी भुक्तानी गर्न सकिनेछ । यदि कुनै व्यक्तिको मृत्यु भएमा आवश्यक प्रक्रिया पुर्‍याएर मृतकको परिवारलाई कम्पनीले तोकिएको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । मोटर बीमाको अंश उच्च निर्जीवन बीमा बजारमा मोटर बीमाको अंश सबैभन्दा बढी रहेको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरेपछि यसको अंश बढी भएको विज्ञहरू बताउँछन् । बीमा समितिको एक तथ्याङ्कअनुसार निर्जीवन बीमा बजारमा मोटर बीमाले करीब ४१ प्रतिशत ओगटेको छ । गत असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले रू. २२ अर्ब ३५ करोड ७६ लाख बीमाशुल्क आर्जन गरेका छन् । यसमा मोटर बीमाबाट रू. ८ अर्ब ९७ करोड ८४ लाख बीमाशुल्क प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ । के हो मोटर बीमा ? यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने कुनै पनि किसिमको सवारीसाधनमा कुनै कारणवश हुन सक्ने दुर्घटनाले निम्ताउने जोखीमलाई हस्तान्तरण गर्नु नै मोटर बीमा हो । यस बीमाले कुनै पनि कारणबाट सवारीसाधनमा भएको क्षतिको आर्थिक रूपमा पूर्ति गर्ने काम गर्छ । यस बीमा योजनामा तेस्रो पक्षलाई हानि पुग्दा पनि क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । मोटर बीमामा मोटर साइकल, निजी र व्यावसायिक सवारीसाधनको बीमा गर्न सकिने छ । मोटर बीमाको अवधि १ वर्षको मात्र हुनेछ ।

तेस्रो पक्ष बीमा अनिवार्य सरकारले तेस्रो पक्ष बीमालाई विसं २०६६ भदौ १ गतेदेखि अनिवार्य रूपमा लागू गरेको हो । सडकमा दुर्घटना भएको अवस्थामा पीडित पक्षले सडक जाम गरेर अन्य यात्रुलाई पनि दुःख दिने गरेकाले तेस्रो पक्ष बीमालाई अनिवार्य गरिएको हो । यस बीमाले सवारीसाधनका कारण अन्य कुनै व्यक्ति वा भौतिक सम्पत्तिमा हुने हानिनोक्सानीको जोखीम वहन गरेको हुन्छ । दुर्घटनामा तेस्रो पक्षलाई कुनै हानिनोक्सानी भएमा त्यसको क्षतिपूर्ति कम्पनीले नै भुक्तानी गर्नुपर्छ । पहिलो चरणमा फुल इन्स्योरेन्स सवारीधनीले आफ्नो गाडी किनेको ६ महीनासम्मका लागि फुल इन्स्योरेन्स गर्नुपर्ने हुन्छ । करार गर्दाको सम्झौताअनुसार सवारीधनीले प्रिमियमस्वरूप निश्चित रकम कम्पनीलाई दिनुपर्ने छ । निर्देशिकाअनुसार ६ महीनादेखि १ वर्षभित्रका लागि ५ प्रतिशत ह्रास कट्टी गरी मोटर बीमा गर्नुपर्नेछ । यस्तै, १० वर्षभन्दा पुरानो गाडीको हकमा ५० प्रतिशत ह्रास कट्टी गरी बीमा गर्न सकिने निर्देशिकामा उल्लेख छ । पुनः बीमा गर्न नपाइने सम्बन्धित निर्देशिकाअनुसार बीमा गरेको सवारीसाधनको पूर्ण क्षति भएमा वा हराएमा सवारीसाधनको दर्ता खारेजीका लागि यातायात व्यवस्था विभागलाई पत्र पठाउनुपर्नेछ । सवारीसाधनलाई पत्रु गराइसकेपछि मात्र बीमकले दाबी भुक्तानी गर्नुपर्ने छ । त्यस्तो सवारीसाधनको पुनः बीमा गर्न नपाइने निर्देशिकामा उल्लेख छ । चोरी भएको सवारीसाधनको हकमा हराएको प्रमाणित प्रहरी प्रतिवदेन बीमकलाई प्राप्त भएको मितिले ३५ दिनभित्र कम्पनीले दाबी भुक्तानी गर्नुपर्नेछ । यदि बीमकबाट क्षतिपूर्ति प्राप्त गरिसकेको हराएको सवारीसाधन भेटिएमा उक्त मोटर बीमकको नाममा नामसारी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । बीमित सवारी एकआपसमा दुर्घटना भएमा... बीमित सवारीसाधनहरू एकआपसमा ठोक्किएर दुर्घटना भएमा सम्बन्धित बीमकहरूले आआप्mनो सवारीसाधन बनाउनुपर्ने हुन्छ । त्यस्ता गाडीको संयुक्त दुर्घटनामा तेस्रो पक्षको दायित्व भने निजले इच्छाएको कम्पनीले वहन गर्नुपर्ने हुन्छ । त्यसपछि आवश्यक प्रमाण जुटाएर कम्पनीबीच दाबी भुक्तानीमा मिलान गर्न सकिने व्यवस्था छ । बीमित सवारीसाधनहरू एकआपसमा ठोकिई यात्रु चालकलगायत व्यक्तिहरू मृत्यु वा घाइते भएमा स्वयम् आफ्नै गाडीको बीमालेखबाट क्षतिपूर्ति गर्नुपर्ने हुन्छ । यस्तो क्षतिपूर्तिको रकम दुर्घटनापछि दोषी ठहरिएको सवारीसाधनको बीमालेखबाट असुलउपर गर्न सकिने निर्देशिकाले व्यवस्था गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)