ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंको अग्रिम टिकट बुकिङ असोज ५ देखि खुलाउने सहमति, भाडादर बढ्ने

Sep 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
भदौ ३१, काठमाडौं । दशैंको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति जुटेको छ । दुईपक्षको लामो रस्साकस्सीपछि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमती जुटेको हो । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच आइतवार छलफल भएको थियो । छलफलमा विभागले व्यवसायीका सर्तलाई सम्बोधन गर्न ठोस भूमिका निभाउने आश्वासन दिएपछि असोज ५ गतेदेखि बुकिङ खुलाउन व्यवसायी सहमत भएका हुन । व्यवसायीहरुले भाडादर बढाउनु पर्ने, यातायात समितिका बैङ्क खाता खोल्नु पर्नेलगायतका माग राखेर टिकट बुकिङ खुलाउन मानेका थिएनन् । सहमतीसँगै व्यवसायीका उक्त सर्तहरुलाई सम्बोधन हुनेगरी विभागले काम अघि बढाउने छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले अभियानसँग भने,‘व्यवसायीका जाहेज माग सम्बोधन गर्नेबारे प्रक्रिया अघि बढाउने र बुकिङ खुलाउने बारे सहमती जुट्यो ।’ उनका अनुसार बुकिङ खुलाउने अवधिभित्रै भाडामा हेरफेर गरिने र बैङ्क खाताका लागि पनि विभागले प्रक्रिया अघि बढाउनेछ । व्यवसायीहरूले घाइतेको उपचार र मृतकको क्षतिपूर्ति दिन नसकिएको भन्दै बैङ्क खाता सरकारले खोलिदिनु पर्ने व्यवसायीको सर्त थियो । यातायातको भाडा २०७० देखि नबढेको व्यवसायीको भनाई छ । व्यवसायीका अनुसार ०७० सालमा १२ हजार रहेको कर अहिले बढेर ३० हजार पुगेको छ । यसले व्यवसायीहरु मर्कामा परेका छन् । यसबारे प्रवक्ता उपाध्यायले भने, ‘विभागले यातायातको लागत हेरेर वैज्ञानिक रूपले भाडा व्यवस्थापन गर्नेछ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले दिएको आश्वासन बुकिङ अघि नै सर्त पूरा गर्न सरकारले प्रक्रिया अघि नबढाए त्यसबाट उत्पन्न परिस्थितीको जिम्मा स्वयम् सरकारले लिनु पर्ने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)