ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं–तराई/मधेश द्रुतमार्गको नयाँ डीपीआर : यसै साता ‘अन्तरराष्ट्रिय कम्पनी’ छनोट गर्दै सेना

Sep 17, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) आयोजनाको नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोटको कार्य अन्तिम चरणमा पुगेको छ । सरकारले आयोजना हस्तान्तरण गरेको १ वर्षपछि नेपाली सेनाले डीपीआर बनाउन यसै साताभित्र अन्तरराष्ट्रिय कम्पनी छनोट गर्दै छ । गतवर्ष साउन २७ गते तत्कालीन सरकारले औपचारिक रूपमा फाष्ट ट्र्याक बनाउने जिम्मा सेनालाई हस्तान्तरण गरेको थियो । फाष्ट ट्र्याकको डीपीआर बनाउने कार्यलाई अघि बढाउन यसै साता कम्पनी छनोट गर्ने तयारी गरिएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । उनले डीपीआर बनाउनका लागि एक अन्तरराष्ट्रिय कम्पनी छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । ‘सर्ट लिष्टमा परेका ६ ओटा कम्पनीमध्ये २ कम्पनीको प्राविधिक र वित्तीय प्रतिवेदन मूल्याङ्कन गरेका थियौं, त्यसमध्ये १ अन्तरराष्ट्रिय कम्पनी छनोटमा परेको छ, तर अहिले कम्पनीको नाम उल्लेख गर्न मिल्दैन,’ उनले भने, ‘कम्पनी छनोट भएपछि ४ महीनाभित्रमा डीपीआर तयार हुने गरी काम अघि बढाएका छौं ।’ फाष्ट ट्र्याकको डीपीआर बनाउन १ स्वदेशी कम्पनी र अन्य अन्तरराष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । नेपाली कम्पनी सर्ट लिष्टमा समेत नपरेपछि अहिले डीपीआर बनाउने काम अन्तरराष्ट्रिय कम्पनीले नै बनाउने भएको हो । डीपीआर बनाउनका लागि सेनाले गत चैतमा टेण्डर आह्वान गरेको थियो । प्रवक्ता भण्डारीले भने, ‘फाष्ट ट्र्याकमा पहिला कायम भएको रेखाङ्कन परिवर्तन नहुने तर डिजाइनमा भने फेरबदल हुनसक्ने देखिएको छ ।’ यसअघि फाष्ट ट्र्याकको डीपीआर भारतको कम्पनी भारतीय इन्फ्राष्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेजले बनाएको थियो । यस्तै, नेपालकै लगानीमा फाष्ट ट्र्याक नेपालले नै बनाउने घोषणा सरकारले गरेपछि भारतीय कम्पनी पछि हटेको थियो । भारतको उक्त कम्पनीले बनाएको डीपीआर किन्ने तयारी भए पनि खरीद दर निकै महँगो भएपछि सेनाले नयाँ डीपीआर बनाउनका लागि प्रक्रिया अघि बढाएको थियो । सोहीअनुसार डीपीआर बनाउने कम्पनी छनोट कार्य अन्तिम चरणमा पुगेको हो । फाष्ट ट्र्याकको ‘ट्र्याक’ खोल्ने काम पहिला सेनाले नै गरेको थियो । अहिले सेनाले त्यसबेलाको काम र एशियाली विकास बैङ्कले दिएको प्रतिवेदनअनुसार अहिले काम अघि बढाएको छ । कुल ७६ किलोमिटर लामो उक्त फाष्ट ट्र्याकमा पर्नसक्ने करीब ९० प्रतिशत रूख अहिलेसम्म कटान गरिसकिएको छ । करीब २७ ओटा निर्माण तथा इक्वीपमेण्ट कम्पनीले फाष्ट ट्र्याकको काम अघि बढाएका छन् । २०६५/६६ मा फाष्ट ट्र्याक निर्माणको घोषणा गरिएको थियो । उक्त घोषणा भएपछि नेपाली सेनाले आव २०६६/६७ देखि नै दु्रतमार्गको ट्र्याक खोल्ने काम गरेर २०७० मा सरकारलाई ट्र्याक हस्तान्तरण गरिसकेको थियो । कुल लागत रू. १ खर्ब १२ अर्ब लाग्ने अनुमान गरिएको उक्त द्रुतमार्ग निर्माण ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य सेनाले राखेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)