ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ सय १४ चुचुरोबारे ‘पिक प्रोफाइल’ तयार हुँदै

Sep 20, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । नेपालमा भएका हिमशृङ्खलाहरूको ‘पीक प्रोफाइल’ तयार हुने भएको छ । आगामी पुसको दोस्रो सातासम्ममा हाल आरोहणका लागि सञ्चालन तथा पहिचान भएका ४ सय १४ चुचुरोबारे व्यवस्थित तरिकाबाट जानकारी दिने उद्देश्यले पहिलो पटक ‘पीक प्रोफाइल’ तयार गर्न लागिएको हो । उक्त प्रोफाइल सरकारको अनुमतिमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले तयार गरिरहेको छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पीकहरूको प्रोफाइल तयार हुने क्रम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, ‘पीकहरूको विषयमा यसअघि पनि जानकारी नभएको होइन, तर यसलाई थप व्यवस्थित बनाउन लागिएको हो ।’ हिमचुचुरोको उचाइँ, प्रोफाइलमा आरोहण गर्ने रूट, अवस्थिति –जिल्ला), आरोहणका लागि लाग्ने रकम, समय आदिको जानकारी वेबसाइटबाटै उपलब्ध गराउने गरी पीक प्रोफाइल बनाइँदै गरेको उनले जानकारी दिए । यसबाट चुचुरोबारे विस्तृत जानकारी हुनेहुँदा आरोहणका लागि थप सहज वातावरण बन्ने उनको भनाइ छ । प्रोफाइल बनेपछि प्रत्येक चुचुरोबारे विस्तृत जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र सङ्घको वेबसाइटमार्फत जानकारी पाउन सकिने छ । साथै एकै पटक ३० लाख मानिसले जानकारी लिनसक्ने सङ्घका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । उनका अनुसार प्रोफाइल तयार गर्ने काम २०७१ सालदेखि शुरू भएको हो ।’ प्रोफाइलमा समेटिने हिमचुचुरोमध्ये पहिचान भए पनि आरोहण नभएका (अन–क्लाइम) ८६ चुचुरो पनि छन् । प्रोफाइल तयार भएपछि ती चुचुरोहरू पनि आरोहणका लागि खुला गरिने बताइएको छ । प्रोफाइलमा समेटिने चुचुरोमध्ये २७ ओटाका लागि आरोहण अनुमति नेपाल पर्वतारोहण सङ्घले दिँदै आएको छ । ती चुचुरोहरूको उचाइँ ५ हजार ८ सयदेखि ६ हजार ५ सय मिटर रहेका छन् । सङ्घका अध्यक्ष लामाका अनुसार त्यसभन्दा अग्ला चुचुराहरू भने सरकारको मातहतमा छन् । उनले तिनमा आरोहण गर्नका लागि सरकारसँग अनुमति लिनुपर्छ । उनले भने, ‘६ हजार ५ सय मिटरमाथिका चुचुरोलाई पनि सङ्घमातहत ल्याउनका लागि हामीले प्रस्ताव गरिरहेका छौं ।’ ती सबै अहिले नदिइए पनि ७ हजार मिटरसम्मका चुचुरोको व्यवस्थापन गर्ने अधिकार सङ्घलाई दिनुपर्ने उनले बताए । यसो गर्दा नयाँ/नयाँ चुचुरो आरोहणका लागि खुल्ने हुँदा यसले नेपाल भ्रमण वर्ष २०२० लाई थप टेवा पुग्ने उनको विश्वास छ । सङ्घमातहत अहिले चोलात्से, क्यजोरी, फारी लाप्चा, निरेखा, लाङ्सिसा री, ओमविगाइचेन, बोक्ता, चेकिगो, लोबुजे पश्चिम, लाक्र्य पीक, एबी युब्रा हिमाल, हीउँचुली, सिङग चुली, मेरा पीक, कुसुम खाङगुरु, क्वाङडे, चुलु पश्चिम, चुलु पुर्व, इम्जात्से (आइल्याण्ड पीक) फाचेर्माे, लोबुजे, रामदुङ, पिसाङ पीक, खोङ्मात्से, गञ्जाला चुली, पाल्दोर पीक सञ्चालनमा छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)