ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय बीमाविज्ञ तथा व्यवसायीहरू काठमाडौंमा : बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आज

Sep 25, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
  • मुख्य एजेण्डा ‘विपद् जोखीम व्यवस्थापन’
  • प्रविधिमय बीमा बजारसम्बन्धी पनि छलफल हुने
काठमाडौं । बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आज (मङ्गलवार) देखि काठमाडौंमा शुरू हुँदै छ । विकासशील राष्ट्रका बीमक र पुनर्बीमकको सङ्गठन (एआईआरडीसी)को २१औं अन्तरराष्ट्रिय सम्मेलन नेपालमा दोस्रोपटक हुन लागेको बीमा समितिले बताएको छ । सम्मेलनको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा यसअघि सन् २००० मा यस्तो सम्मेलन भएको थियो । १८ वर्षपछि नेपालले पुनः एआईआरडीसीको सम्मेलनलाई नेतृत्व गर्ने अवसर पाएको छ । सम्मेलन बुधवारसम्म चल्ने छ । एआईआरडीसीसहित बीमा समिति र नेपाल बीमक सङ्घको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो । नेपालको बीमाबजारलाई समय सान्दर्भिक बनाउन सम्मेलन लाभदायी हुने अपेक्षा गरिएको छ । समितिका अनुसार सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका नियामक निकायका प्रतिनिधि, बीमाविज्ञ तथा व्यवसायीहरू काठमाडौं आइपुगेका छन् । केही देशका प्रतिनिधिहरू मङ्गलवार नै नेपाल आउने समितिले बताएको छ । समितिका अनुसार सम्मेलनमा झण्डै २० राष्ट्रका २ सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ । त्यसबाहेक स्वदेशका करीब ३ सय जनाको सहभागिता हुने अनुमान छ । सम्मेलनमा ८ मुलुकका बीमाविज्ञहरूले विपद् जोखीम व्यवस्थापन, बीमाबजारमा प्रविधिलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल हुनेछ । सम्मेलनमा प्रस्तुत कार्यपत्रमाथि छलफल गरेर आएको निष्कर्षको आधारमा घोषणापत्र जारी गर्ने आयोजकको भनाइ छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सम्मेलनमा विपद् जोखीम व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित रहेर छलफल गरिने बताए । उनले भने, ‘नेपालमा भूकम्प, बाढीजस्ता प्राकृतिक विपद्ले ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ । त्यसकारण यस विषयलाई मुख्य एजेण्डाको रूपमा प्रस्ताव गरिएको छ ।’ सम्मेलनमा प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई बीमाबजारले कसरी न्यूनीकरण गर्न सक्छ भनेर छलफल गरिने उनको भनाइ छ । चापागाईंले सम्मेलनमा उठेका विषयवस्तुका आधारमा स्वदेशी नीति निर्देशन परिमार्जन गर्न समिति तयार रहेको बताए । उनले भने, ‘बीमाको प्रवर्द्धन र विकास गर्न समिति पछि पर्दैन । हामी कानूनी अवधारणाहरू समयानुकूल र अन्तरराष्ट्रिय स्तरको बनाउन चाहन्छौं ।’ आयोजकले सम्मेलनमार्फत नेपालका पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार हुने विश्वास लिएको छ । पर्यटनका लागि उपयुक्त मौसम परेकाले विदेशी पाहुनामार्फत पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार हुने आयोजकको भनाइ छ । एआईआरडीसीका उपाध्यक्ष विजयबहादुर शाहले सम्मेलन नेपाली बीमाबजारका लागि सुनौलो अवसर भएको बताए । उनले भने, ‘सम्मेलनमा विभिन्न देशका बीमा कम्पनी र नियामक निकायबीच एकै ठाउँ बसेर छलफल हुन्छ । यसरी छलफल गर्दा स्वदेशी कम्पनीहरूले बीमाका अन्तरराष्ट्रिय अवधारणाहरूबारे ज्ञान प्राप्त गर्न सक्छन् ।’ नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले सम्मेलन पुनर्बीमा व्यवसायका लागि पनि उपयोगी हुने बताए । उनले भने, ‘सम्मेलनमा विदेशी बीमा कम्पनीहरूको पनि सहभागिता रहने भएकोले हामी आफ्नो पुनर्बीमा व्यवसायको दायरा बढाउने पनि यसको उपयोग गर्ने उद्देश्य लिएका छौं ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)