ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शुरू : ‘विपद् जोखीम व्यवस्थापन गर्न बीमा अपरिहार्य’

Sep 26, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
  • पूँजीबजारको पनि बीमा गर्नुपर्छ : अर्थमन्त्री
  • आज बीमाबजारमा प्रविधि र लघुबीमा विषयक छलफल
  • २२ औं सम्मेलन केन्यामा
  • एआईआरडीसीको अध्यक्षमा नेपालका विजय शाह चयन
  • घोषणापत्र जारी गर्दै सम्मेलन आज सकिने
काठमाडौं । बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलवारदेखि काठमाडौंमा शुरू भएको छ । यो विकासशील राष्ट्रका बीमक र पुनर्बीमकको सङ्गठन (एआईआरडीसी)को २१औं अन्तरराष्ट्रिय सम्मेलन हो । ‘वित्तीय सुदृढीकरण : विपद् जोखीम वित्तीय व्यवस्थापन र बीमा’ नाराका साथ शुरू भएको सम्मेलनको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे । सो अवसरमा डा. खतिवडाले विपद्का कारण हुने आर्थिक नोक्सानीलाई बीमामार्फत कम गर्दै लानुपर्ने बताए । फरक सन्दर्भमा उनले भने, ‘नेपालमा मोटर बीमाको पहुँच मात्र उच्च छ । आगामी दिनमा यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायतका क्षेत्रमा पनि बीमाको दायरा विस्तार गर्नुपर्छ ।’ उनले पूँजीबजारमा रहेका पूँजीको पनि बीमा गर्न आवश्यक भएको बताए । उनले भने, ‘नाफा कमाउने उद्देश्यका साथ बीमा कम्पनीहरू पूँजीबजारमा प्रवेश गरेका छन् । त्योसँगै अब कम्पनीहरूले पूँजीबजारमा रहेका पूँजीको पनि बीमा गर्न आवश्यक छ ।’ पूँजीबजारमा पनि जोखीम भएकाले कम्पनीहरूले त्यहाँको पूँजीको बीमा गर्नुपर्ने उनको भनाइ छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विपद् जोखीमलाई कम गर्दै वित्तीय सुदृढीकरण गर्न चुनौती रहेको बताए । एआईआरडीसीका अध्यक्ष यासिर अल्वाहर्नले विकासोन्मुख देशहरूमा बीमा नियामक र कम्पनीहरूको साझा समस्या रहेको बताए । उनले भने, ‘विकासोन्मुख देशमा प्राकृतिक विपद्को जोखीम उत्तिकै मात्रामा रहेको छ । त्यसैले विपद्पछिको क्षति न्यूनीकरणमा बीमाक्षेत्रको अनुभव साटासाटले सम्मेलन प्रभावकारी हुने देखिन्छ ।’ सम्मेलनमा बिभिन्न मुलुकका विज्ञ तथा व्यवसायीहरूले विपद् जोखीम व्यवस्थापन गर्न बीमा अपरिहार्य रहेको बताए । उनीहरूका अनुसार जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपद्लाई रोकथाम गर्न असम्भव देखिन्छ । त्यसकारण प्राकृतिक विपद्का कारण ठूलो मात्रामा हुने आर्थिक नोक्सानीलाई कम गर्न बीमा अपरिहार्य रहेको उनीहरूको भनाइ छ । विपद् जोखीम र वित्तीय व्यवस्थापन विपद् जोखीम र वित्तीय व्यवस्थापन विषयक छलफलमा बीमाबिज्ञ भोजराज शर्माले नेपालमा आतङ्कवाद बीमाका लागि निर्माण गरिएको आकस्मिक बीमाकोष सफल भएको बताए । द्वन्द्वको समयमा विदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न नमानेपछि उक्त कोषको स्थापना गरिएको थियो । जुन अहिले नेपाल पुनर्बीमा कम्पनीमा परिणत भइसकेको छ । उनले बीमाको पहुँच बढाउन सरकारले तेस्रो पक्ष, कृषि र लघुबीमा प्राथमिकतामा राखेको बताए । श्रीलङ्काका जगत आलविसले श्रीलङ्कामा लघुबीमाले सफलता प्राप्त गर्न नसकेको बताए । उनले भने, ‘कतिपय अवस्थामा यो महँगो र वितरण प्रणाली कठिन छ । जसका कारणले श्रीलङ्कामा यसको व्यवसाय फस्टाउन सकेको छैन ।’ तर, मोबाइल बीमा भने सफल भएको उनले जानकारी दिए । जोखीम व्यवस्थापनमा स्वेदशी पुनर्बीमाको भूमिका ‘जोखीम व्यवस्थापनमा स्वेदशी पुनर्बीमाको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईंले नेपालका बीमा कम्पनीहरूको पूँजी वृद्धि भएपछि क्षमता पनि बढेको बताए । उनका अनुसार नेपालमा पुनर्बीमा कम्पनी स्थापना भएपछि पुनर्बीमामार्फत विदेशिने रकम पनि घटेको छ । नेशनल पुनर्बीमा कम्पनी फिलिपिन्सका अध्यक्ष अगष्टो हिडाल्डोले सम्मेलनमार्फत विकासशील राष्ट्रहरूको जोखीम न्यूनीकरण गर्ने क्षमता बढ्ने बताए । जलवायु परिवर्तन र विपद् जोखीमलाई बीमामार्फत ‘कभरेज’ गर्न विश्वव्यापी रूपमा साझेदारी मोडेलमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ । एआईआरडीसीको अध्यक्षमा शाह चयन सम्मेलनले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा घानाकी एलिजावेथ बान्स डोग्वे र महासचिवमा फिलिपिन्सकी हर्मिनला जासिण्टा चयन भएका छन् । नयाँ समितिको कार्यकाल २ वर्षको हुने बताइएको छ । सम्मेलनमा भएको साधारणसभाले एआईआरडीसीको २२औं सम्मेलन सन् २०२० मा केन्यामा गर्ने निर्णय गरेको छ । सम्मेलनमा एआईआरडीसीआवद्ध १८ मुलुकका नियामक निकायका प्रतिनिधि, बीमाविज्ञ तथा व्यवसायीहरू सहभागी छन् । त्यसबाहेक एआईआरडीसीमा आबद्ध नभएका केही मुलुक पनि सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा झण्डै ५ सय जना सहभागी छन् । सम्मेलनमा आज (बुधवार) बीमामा प्रविधि, लघुबीमा, यातायात बीमाको पहुँचलगायत विषयमा छलफल हुनेछ । प्रस्तुत विषयमाथि भएको छलफलका आधारमा घोषणापत्र जारी गरी सम्मेलनको समापन गर्ने कार्यक्रम रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)