ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बसाइको ज्यामितीय आकारले उपभोक्ता प्रभावित

Jul 16, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

उपभोक्तालाई कस्तो किसिमको बस्ने व्यवस्था मिलाइयो भने व्यवसायमा फाइदा हुन्छ भन्ने विषयमा विभिन्न किसिमका प्रचलन र धारणा रहेका छन् । तर, यस विषयको कुनै वैज्ञानिक आधार भने पाइएको छैन । ब्रिटिश कोलम्बिया र अल्बर्टा विश्वविद्यालयका लेखकद्वय रुइ झु र जे.आर्जोले गरेको एक अध्ययनले भने यसको वैज्ञानिक आधार तयार पारेको बताइएको छ । जर्नल अफ कञ्ज्युमर रिसर्चको पछिल्लो अङ्कमा प्रकाशित रिपोर्टअनुसार बस्ने व्यवस्थाको ज्यामितीय आकारले उपभोक्तालाई प्रभावित पार्ने नयाँ तथ्य सार्वजनिक भएको छ । बस्ने व्यवस्था र तरीकामा सन्दर्भअनुसार व्यापक विविधता पाइने गरेको अध्ययनले देखाएको छ ।

त्यस्तै, विभिन्न वेबसाइटले बस्ने तरीकाबारे सुझाव, संस्थागत बस्ने नीतिको दिशानिर्देश तथा कक्षा कोठामा राखिएका कुर्सीका माध्यमबाट शिक्षाक्षेत्रमा अधिकतम लाभ प्राप्त गर्नेबारे सूचना दिँदै आइरहेको पाइन्छ । यसका साथै केही वेबसाइटहरुले त विवाह, राजनीतिक समारोह र कार्यकारिणी सम्मेलनमा बस्ने आदर्श तरीकाहरु सिकाउने सफ्टवेयरको पनि निर्माण गरेका छन् ।

अध्ययनका क्रममा उपभोक्तालाई गोलाकार (एक अर्कालाई राम्रोसँग देखिने गरी) वा एक कोणीय (एक अर्कालाई राम्रोसँग नदेखिने गरी) व्यवस्थाअन्तर्गत बसेर विभिन्न विज्ञापनप्रति आफ्नो धारणा व्यक्त गर्न लगाइएको थियो । गोलाकार व्यवस्थामा बसेका उपभोक्ताले पारिवारिक अथवा सामूहिक रुपमा एक अर्कासँग सम्बद्ध भएको भावना जगाउने सामग्रीको सुझाव मान्ने गरेको पाइयो । उता, सोही उपभोक्तालाई एक कोणीय व्यवस्थामा बसाउँदा उनीहरु विशिष्टता वा आफू अरुभन्दा फरक भएको भावना जगाउने सामग्रीप्रति आकर्षित भएका थिए । रेष्टुरेण्ट, होटल लबी, सार्वजनिक परिवहन तथा विमानस्थल र डाक्टरको कार्यालयमा भएका प्रतीक्षालयजस्ता क्षेत्रको बस्ने व्यवस्थाले उपभोक्तालाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने बुझ्न यो अध्ययनले सघाउने बताइएको छ ।

गोलाकार व्यवस्थामा बस्ने उपभोक्तामा आफू समूहको सदस्य हो भन्ने भावना जगाउने र एक कोणीय व्यवस्थामा बस्ने उपभोक्तामा विशिष्टताको भावना जगाउने लेखकद्वयले बताएका छन् । त्यस्तै, बस्ने व्यवस्थाको आकारले उपभोक्ताको मौलिक मानवीय जरूरतलाई सक्रिय पार्ने र यसले उपभोक्ताको प्रेरक सन्देशप्रतिको प्रतिक्रियालाई पनि प्रभावित बनाउने अध्ययनले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)