ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कानूनी अड्चनले मोटरसाइकल दर्ता अवरुद्ध

Oct 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । कानूनी अड्चनका कारण बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता अवरुद्ध भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावलीमा ९९ लटसम्म मात्रै दर्ता गर्ने कानूनी व्यवस्था रहेको र नियमावली तत्काल संशोधन नहुँदा दर्ता रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोसम्बन्धी नियमावली संशोधन गर्न भन्दै प्रस्ताव पठाए पनि अघि बढ्न नसक्दा नयाँ दर्ता नै रोकिएको यातायात व्यवस्था विभागको भनाइ छ । विभागका प्रवक्ता गोकर्ण उपाध्यायका अनुसार कानूनले नयाँ दर्ता गर्न नपाइने अवस्था आएपछि दर्ता रोक्नुपरेको अभियानलाई बताए । उनले भने, ‘यातायात व्यवस्थापन नियमावलीमा दुई डिजिटका नम्बर राखेर मात्रै नयाँ मोटरसाइकले दर्ता गर्न मिल्ने कानूनी प्रावधान छ, त्यो सकियो ।’ उनका अनुसार बागमतीमा बा ९९ प सम्म मोटरसाइकल दर्ता भइसकेका छ । योसँगै साविकको बागमती अञ्चलमा दर्ता हुने मोटरसाइकलको सङ्ख्या १० लाख पुगेको छ । यस्तो खालको समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगतमा राख्दै यातायातको बागमती कार्यालयले २ महीना पहिले नै यातायात मन्त्रालय र विभागलाई जानकारी गराएका थियो । तर, सरकारको लाचारीले सो प्रस्ताव अघि बढ्न नसकेको स्रोतको भनाइ छ । यातायात व्यवस्था विभागका निर्देशक उपाध्यायका अनुसार यातायात व्यवस्थापन नियमावली संशोधन नभएसम्म अब बागमतीबाट मोटरसाइकल दर्ता हुनेछैन । स्रोतका अनुसार मन्त्रिपरिषद्को कार्यालयमा भदौ १७ गते नै नियमावली संशोधनसम्बन्धी प्रस्ताव पुगिसकेको छ । अब मन्त्रिपरिषद्बाट तीनओटा डिजिट राखेर मोटरसाइकल दर्ता गर्न मिल्ने गरी संशोधन भएपछि मात्रै नयाँ दर्ता खुल्नेछ । प्रधानमन्त्री यतिबेला विदेश भम्रणमा छन् । बिहीवारमात्रै उनी स्वदेश फर्कने कार्यक्रम छ । उनी नेपाल फर्केपछि तत्काल मन्त्रिपरिषद्को बैठक राखी सोसम्बन्धी प्रस्ताव अघि बढाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार नयाँ दर्ता अत्यावश्यक भएकाले त्यसबाट उत्पन्न परिस्थितिलाई तत्काल सम्बोधन गरिने जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)