ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंको दक्षिणाले बीमा

Oct 5, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुर्‍याएको समेत देखिन्छ । तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । करीब ७१ वर्षको इतिहास बोकेको नेपालको बीमाबजारमा हाल १८ जीवन र २० निर्जीवन गरेर ३८ ओटा बीमा कम्पनी सञ्चालनमा छन् । तर, बीमाको पहुँच भने ११ प्रतिशतमा मात्रै सीमित छ । कम्पनीप्रतिको अविश्वास, बीमा बजारकै विविध कमजोरी, गरीबी र बीमा साक्षरताको अभावलगायत कारण मानिस यसको दायरामा आउन सकेका छैनन् । इच्छा हुँदा–हुँदै पनि मानिसहरू यी कारणले बीमासँग जोडिन नसकेको देखिन्छ । यद्यपि, पैसाकै कारण बीमा सेवाबाट वञ्चित हुनुपर्ने अवस्था भने नभएको विज्ञहरू बताउँछन् । हिन्दू परम्पराबाट अभिप्रेरित नेपाली समाजमा दशैंलाई विशेष रूपमा मनाइँदै आएको पाइन्छ । दशैंमा ठूलाबडाको हातबाट टीका लगाएर आशिष लिने प्रचलन पुर्खाैंदेखि चलिआएको छ । साथै, पछिल्लो समय टीका लगाएर दक्षिणा (पैसा) दिने परिपाटीको पनि विकास भएको पाइन्छ, जसअनुसार सीमित वर्ग/समुदायबाहेकका बालबालिकाले दशैंमा उच्च परिमाणमा दक्षिणा सङ्कलन गर्छन् । केही विद्यालयमा गरिएको सर्वेक्षणले एक बच्चाले दशैंमा करीब ५ हजार दक्षिणा सङ्कलन गर्ने देखाएको छ । तर, यसरी अतिरिक्त रूपमा आउने पैसा अनावश्यक क्षेत्रमा खर्च भइरहेको देखिन्छ । शिक्षित परिवारका अभिभावक भने दशैंमा आफ्ना बालबालिकाले पाउने रकम बैङ्कमा जम्मा गरिदिन्छन् । यसै सन्दर्भमा आर्थिक अभियानसँग कुरा गर्दै बीमाविज्ञ तथा अभिकर्ताले दशैंमा दक्षिणामार्फत जम्मा हुने बालबालिकाको रकमले उनीहरूको शैक्षिक बीमा गर्न जोड दिएका छन् । यसरी बीमा गर्दा प्रत्येक दशैंमा दक्षिणामार्फत जम्मा हुने रकमले बीमाशुल्क भुक्तानीमा पनि सहज हुने अभिकर्ताहरूको भनाइ छ । साथै, दक्षिणाबापत आउने पैसा बैङ्कमा जम्मा गर्नुभन्दा बीमा गरेर उज्ज्वल भविष्यको ग्यारेण्टी गर्न विज्ञहरूले सुझाएका छन् । १५ वर्षे बीमा अवधिमा रू. ६ देखि ७ हजारसम्म वार्षिक बीमाशुल्क बुझाउँदा रू. १ लाख बीमाङ्कबराबरको बीमा गर्न सकिन्छ । उक्त बीमाको समयावधि सकिएपछि बोनससहित करीब रू. २ लाख रकम कम्पनीले बीमितलाई प्रदान गर्छ । उक्त रकमले उच्च शिक्षालगायत आधारभूत आवश्यकता परिपूर्तिमा सघाउने शिक्षाविद्हरू बताउँछन् ।
दशैं र जन्मदिनमा उठ्ने दक्षिणाले बालबालिकाको बीमा गरौं भोजराज शर्मा, बीमाविज्ञ सामान्यतया १५/१६ वर्षको उमेरपछि उच्च शिक्षा शुरू गर्ने समय आउँछ । त्यो अवस्थामा विविध कारणवश अभिभावकसँग पढाउने खर्च नहुन सक्छ । यसले गर्दा पैसा अभावकै कारण उनीहरू शिक्षाबाटै वञ्चित हुनुपर्ने अवस्था पनि निम्तन सक्छ । त्यसैले, भविष्यमा हुन सक्ने त्यस्ता जोखीम घटाउन अभिभावकले बच्चाको शैक्षिक बीमा गरिदिनुपर्छ । उक्त अवस्थामा बीमाअवधि समाप्ति भइसक्ने हुनाले बीमालेखअनुसार आउने रकमले निजलाई कलेज भर्ना, पाठ्यपुस्तक खरीद आदिमा टेवा पुग्छ । यसबाट अभिभावकलाई आर्थिक सङ्कट पनि पर्दैन । त्यसैले, यस्ता विषयलाई दृष्टिगत गरेर अभिभावकले आफ्नो दक्षताअनुसार बालबालिकाको शैक्षिक बीमा गर्नुपर्छ । दशैं र जन्मदिन जस्ता उत्सवमा दक्षिणाबापत जम्मा हुने बालबालिकाको रकमले निजको शैक्षिक बीमा गर्न सकिन्छ । यसरी अतिरिक्त रूपमा आउने पैसाले उनीहरूको बीमा गर्दा अभिभावकलाई पैसा कहाँबाट जुटाउने भनेर सोच्नुपर्दैन । बच्चाको उज्ज्वल भविष्यका लागि शैक्षिक बीमा गरौं ऋषिकेश पोखरेल, बीमा अभिकर्ता (एलआईसी नेपाल) गाउँमा उच्च शिक्षाको पहुँच नहुँदा शहर बस्नुपर्ने बाध्यता छ । कुनै पनि विद्यार्थीलाई उच्च शैक्षिक शुल्क जस्ता कारणले उच्च शिक्षा हासिल गर्न आर्थिक समस्या हुने सम्भावना छ । उक्त अवस्थामा आर्थिक समस्या हुँदा निजको भविष्य नै जोखीममा पर्न सक्छ । साथै, त्यो अवस्थामा बैङ्कबाट कर्जा लिएर अध्ययन गर्दा पनि अस्थिर ब्याजदरका कारण परिवारलाई थप समस्या हुन सक्छ । भविष्यमा हुन सक्ने त्यस्ता समस्याबाट बच्न बच्चाहरूको शैक्षिक बीमा गर्नु उत्तम विकल्प हुन सक्छ । बीमा अवधिको समाप्तिपछि प्राप्त हुने बीमाङ्क र बोनस रकमका कारण निजलाई उच्च शिक्षा हासिल गर्न सघाउ पुग्छ । त्यसैले, चाडपर्वको बेलामा बालबालिकाले पाउने दक्षिणा रकममा आवश्यक रकम थपेर उनीहरूको शैक्षिक बीमा गरि अनावश्यक खर्च कटौती गरौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)