ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेश घुम्ने नेपाली बढ्दै

Oct 5, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
पछिल्ला वर्षमा बिदा मनाउन विदेश घुम्न जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी लामो बिदा र ट्राभल कम्पनीहरूले ल्याएका ‘टूर प्याकेज’ले विदेश घुम्ने नेपालीको सङ्ख्या बढ्ने गरेको छ । यस्तै, नेपालीको खर्च गर्ने क्षमतामा वृद्धि, हनिमुन तथा घुम्ने संस्कृतिको विकासले समेत विदेश भ्रमण गर्ने नेपाली बढिरहेको व्यवसायीहरू बताउँछन् । नेपालमा लामो बिदा हुने दशैं र तिहारमा सबैभन्दा बढी नेपाली विदेश घुम्न जाने गरेको व्यवसायीको भनाइ छ । उच्च र मध्यम वर्गीय परिवारका सदस्यको विदेश घुमघामको उपयुक्त समय दशैं–तिहार नै हुने गरेको छ । यो बिदामा नेपालीहरू भारत, थाइल्याण्ड, मलेशिया, सिङ्गापुर इण्डोनेशियादेखि चीन, यूरोप र अमेरिकासम्म घुम्न जाने गरेको एस ट्राभलका लाइन म्यानेजर अनिल घोरेल बताउँछन् । उनका अनुसार यस कम्पनीबाट वार्षिक करीब ८ हजार नेपालीले विदेश भ्रमण गर्छन्, जसमध्ये दशैंको समयमा घुम्नेको सङ्ख्या ३ हजार छ । हरेक वर्ष बाहिरी मुलुक घुम्ने नेपाली बढ्दै गएको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्मा बताउँछन् । नेपालमा आउने पर्यटकको मात्र तथ्याङ्क राखिने गरिएकाले आधिकारिक तथ्याङ्क नभए पनि हरेक वर्ष यो क्रम बढ्दै गएको उनको भनाइ छ । दशैंको समयमा विदेश घुमघाम गर्ने नेपालीको सङ्ख्या बढेसँगै विदेश जाने नेपाली पर्यटक (आउटबाउण्ड टूर)को व्यवसायमा समेत टेवा पुगेको प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा)का प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल बताउँछन् । ट्राभल कम्पनीका आकर्षक प्याकेज नेपालीलाई विदेश घुमाउन ट्राभल एजेन्सीहरूले पनि विभिन्न खालका प्याकेज ल्याउने क्रम बढ्दै गएको छ । पहिले पहिले भारतीय शहर घुम्न जाने प्रचलन रहेकोमा अहिले भारतबाहेक तेस्रो मुलुक जानेको सङ्ख्या बढ्दै गएको छ । अझ पछिल्लो समय एशिया मात्र नभई यूरोप, अमेरिका र अफ्रिकासम्म पनि घुम्न जाने नेपाली बढेको गएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोटो)का निवर्तमान अध्यक्ष यमबहादुर खड्काले बताए । नेपालीहरू पर्यटकका रूपमा विश्वका विभिन्न मुलुक घुम्न जाने क्रम बढेपछि अध्यागमन विभागले समेत यो तथ्याङ्क समेट्ने योजना बनाएको छ । यो सङ्ख्या बढ्दै गएकाले यसको तथ्याङ्क राख्ने काम अघि बढाइएको विभागका अधिकृत सन्तोषजङ्ग शाहले जानकारी दिए । आउटबाउण्ड टूरको तथ्याङ्क छैन वार्षिक कति नेपाली पर्यटकका रूपमा विदेश जान्छन् भन्ने आधिकारिक तथ्याङ्क भने नेपालका कुनै निकायसँग छैन । यसको यकिन तथ्याङ्क नभए पनि विदेश जाने नेपालीको सङ्ख्या बढिरहेको विभिन्न ट्राभल कम्पनीको भनाइबाट बुझ्न सकिन्छ । उनीहरूमध्ये धेरैजसो मलेशिया, थाइल्याण्ड र सिङ्गापुर जाने छन् उच्च वर्गका मानिसको रोजाइ यूरोप अमेरिका हुने गरेको छ । मलेशिया हुँदै सिङ्गापुर, थाइल्याण्ड जाने नेपालीको सङ्ख्या धेरै रहेको एराइज ट्राभल एण्ड टूर्सका प्रबन्ध निर्देशक सम क्षेत्रीले बताए । आफ्नो कम्पनीमार्फत वार्षिक ५ हजारभन्दा बढी नेपाली मलेशिया र सिङ्गापुर भ्रमणमा जाने गरेको उनको भनाइ छ । ट्राभल एजेन्सीहरूले अहिले यी मुलुकबाहेक यूरोप तथा अमेरिकाका लागि समेत टूर प्याकेज ल्याएका छन् । विदेश घुम्न जाने नेपालीको सङ्ख्या बढ्नुमा पछिल्लो समय एयरलायन्स कम्पनी तथा सेवा विस्तार पनि एउटा कारण भएको व्यवसायीको भनाइ छ । नेपालमा सबैभन्दा ठूलो चाडका रूपमा मनाइने दशैं तथा तिहारमा समेत टीका नहुनेहरूले प्याकेज लिएर विदेश घुम्ने गरेको उनीहरू बताउँछन् ।

कति लाग्छ खर्च ? कम्पनीहरूले बसाइको दिन र ठाउँअनुसार फरक फरक खालका टूर प्याकेज विक्री गरिरहेका छन् । नजीकका मुलुक मलेशिया, सिङ्गापुर तथा थाइल्याण्डका लागि कम्तीमा ५०–६० हजारका प्याकेजदेखि यूरोप, अमेरिका र अफ्रिकासम्म लाखौंका प्याकेज विक्री हुने गरेको सोटोका पूर्वअध्यक्ष खड्का बताउँछन् । पछिल्लो समय विदेश घुम्न जाने नेपालीमा मध्यम वर्गीय परिवारका सदस्य, व्यवसायी र विभिन्न संस्थामा कार्यरत कर्मचारी बढी छन् । विभिन्न कम्पनीले आफ्नो विक्री प्रवद्र्धन गर्न (इन्सेण्टिभका रूपमा) व्यवसायीलाई विदेश भ्रमण गराउने प्रचलनसमेत बढेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)