ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खुशी नाप्ने यन्त्र !

Jul 17, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हामीहरुले ज्वरो नाप्न वा कुनै वस्तुको तौल थाहा पाउन यन्त्रको प्रयोग गर्दै आएका छौं । तर, तपाईंले कहिल्यै देशको खुशीको स्तर नाप्ने यन्त्रका बारेमा कल्पना गर्नुभएको छ? यूरोपेली राष्ट्र लिथुनियाका नागरिकले भने आफ्नो खुशी नाप्न सक्ने भएका छन् । लिथुनियाको राजधानी तथा त्यहाँको सबैभन्दा ठूलो शहर भिल्नियसका मेयर आर्टुरस जुयोकासले आमजनताको खुशी नाप्ने यन्त्र जडान गर्ने योजना कार्यान्वयनमा ल्याएका छन् । यस अन्तर्गत त्यहाँको टाउन हलमा खुशी मापन गर्न विशाल स्क्रीन जडान गरिएको छ । यसले मानिसहरुको खुसीको स्तरमा भएको मिनेट मिनेटको परिवर्तन नापेर ‘ह्यापिनेश ब्यारोमिटर’ प्रसारित गर्नेछ ।

यस डिस्प्लेले त्यहाँका ५ लाख २० हजार नगरबासीको खुशीलाई १ देखि १० सम्मको स्तरमा मापन गर्ने बताइएको छ । यसको मापन स्थानीयबासीहरुले आफ्नो मोबाइल फोन र कम्प्युटरको माध्यमबाट पठाएको भोटका आधारमा गरिनेछ । खुशी नाप्ने यन्त्रको प्रणाली जडान गरिसकेको र यो हप्ता ब्यारोमिटर ६ देखि ७ अङ्कको बीचमा घुमिरहेको बताइएको छ । ‘यो ब्यारोमिटर राजनीतिज्ञका लागि विचित्रको साधन हो, यदि हामीले कुनै पनि निर्णय गर्‍यौं र आमजनताको मूडमा तीव्र कमी आएको देख्यौं भने हामीले साह्रै गलत निर्णय गरेका रहेछौं भन्ने थाहा पाउँछौं, ’जुयोकासले भने ।

सन् २०११ मा मत सङ्कलकहरुको सञ्जाल ‘विन एशोसिएशन’ले विश्वव्यापी खुशीबारे ५८ देशमा एक सर्वेक्षण गरेको थियो । जसमा सन् २००८/०९ को विश्व आर्थिक सङ्कटबाट लिथुनिया सबैभन्दा बढी प्रभावित भएको पाइएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)