ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जामा लगानी बढाउन विश्व बैङ्कबाट ११ अर्ब ६३ करोड ऋण लिँदै सरकार

Oct 7, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असोज २१, काठमाडौं  । सरकारले ऊर्जा क्षेत्रमा लगानी बढाउन रू. ११ अर्ब ६३ करोड ऋण लिने भएको छ । सरकारले विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट ऊर्जा क्षेत्रमा लगानी बढाउन उक्त रकमबराबरको ऋण स्वीकृत गर्न अर्थसचिवलाई अख्तियारी दिएको छ ।

साथै, आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारले सिन्धुली सडक सुधारका लागि प्रदान गर्ने रू. १ अर्ब ४ करोड स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्रसङ्घको ७३औं महासभामा गरेको सम्बोधन, उक्त महासभामा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग गरेका दुईपक्षीय भेटवार्ता र आपसी सम्बन्ध विस्तारबारे भएको पहल तथा कोष्टारिका भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जानकारी गराएका थिए । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टीकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले नागरिक लगानी कोषको सञ्चालकमा डा. रामचन्द्र भट्टराईलाई मनोनयन गरी सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णयसमेत गरेको छ । यस्तै, सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आइतवारको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार र कर्मचारीका लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिए । श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५ सय पारिश्रमिक पाउँदै आएका छन् । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री ओलीले कुलपति डा. उप्रेतीलाई आइतवार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । यसअघि पनि कुलपति रहेका उप्रेती आगामी चार वर्षका लागि कुलपति रहनेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)