ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्राहक तान्न बाख्राको प्रयोग !

Jul 18, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

तपाईंहरु आफ्नो क्याफे तथा रेष्टुराँमा ग्राहक आकर्षित गर्न के कस्ता तरीकाहरु अपनाउनु हुन्छ ? हामीले ग्राहक तान्न सुन्दर युवती राख्ने गरेको देखेका छौं । त्यस्तै, बिरालो मन पराउनेहरुलाई बिरालोसँग खेल्दै चिया वा कफीको चुस्की लिन सक्ने व्यवस्था भएको क्याफेबारे पनि हामीले सुनेका छौं । तर, जापानको टोकियोस्थित एक क्याफेले भने ग्राहक आकर्षित गर्न बाख्राको प्रयोग थालेको छ ।

टोकियोका एक क्याफे व्यवसायी रेना कावागुची र उनका कामदारहरुले जनावर मन पराउने ग्राहकलाई तान्न र सप्ताहान्तमा हुने फुटपाथ व्यापारमा बढावा दिन ३ वर्षअघि मात्र एक जोडी बाख्रा ल्याएका थिए । साकुरा र चकलेट नाम गरेका यी दुई बाख्राले क्याफेमा आउने ग्राहकलाई मनोरञ्जन गराउनुका साथै थप ग्राहक क्याफेमा तान्न सहयोग पुर्‍याएको बताइएको छ । ‘हामीले यो व्यवसाय शुरु गर्दा बिरालो र कुकुरसँग रमाउन सकिने क्याफेहरु तीव्र गतिमा विस्तार हुँदै थिए, तर पनि हामीले बाख्राजस्तो सामान्य जनावरलाई लिएर व्यवसाय शुरु गर्‍यौं, जसमा कुनै आकर्षण थिएन,’ कावागुचीले भनिन् । क्याफेमा आउने ग्राहकले कफी पिउँदै बाख्रालाई खोरमा गएर थपथपाउन पाउने उनले बताइन् । त्यसैगरी, उनीहरुले ‘ट्रेण्ड कन्सियस’ युवा वर्ग र यात्रीहरु जम्मा हुने केन्द्र टोकियोको शिबिया स्टेशन वरपरको क्षेत्रमा बाख्रा लिएर घुम्न जान सक्ने व्यवस्था पनि भएको उनको कथन छ ।

यसैक्रममा क्याफेमा आएका एक २१ वर्षीय विद्यार्थीले शहरीयाहरुलाई जनावर देख्न वा ऊसँग खेल्ने मौका त्यति नहुने भएकाले यस्तो प्रकारको व्यवस्थाले उनीहरुलाई प्रकृतिसँग नजिक हुने अवसर दिने बताए । तर, यसरी बाख्रा पाल्नु सजिलो छैन । यसमा थुप्रै चुनौती भएको क्याफे सञ्चालकले बताएका छन् । कर्मचारीहरुले ग्राहकलाई सेवा दिँदादिँदै बाख्राको समेत हेरविचार गर्नुपर्ने हुन्छ । यसैबीच, कावागुचीले हात्ती क्याफे पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएकी छिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)