ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२२ वर्षदेखि अधुरो हुलाकी राजमार्ग ३ वर्षमै बन्ला ?

Oct 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । भारतको सहयोगमा बनिरहेको बहुचर्चित हुलाकी राजमार्ग ३ वर्षभित्रै पूर्ण निर्माण भइसक्ने सरकारी दाबी छ । लामो समयदेखि अधुरो रहेको सो राजमार्ग ३ वर्षमै निर्माण सक्ने गरी काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए । बुधवार राजधानीमा भएको साक्षात्कार कार्यक्रममा उनले भने, ‘२२ वर्षदेखि बनाउन नसकिएको हुलाकी राजमार्ग बनाउन कुनै कसर बाँकी राख्ने छैनौं, ३ वर्षभित्रै बनाएरै छाड्छौं ।’ तर, समयमै सो राजमार्गको काम सकिनेमा विश्वस्त हुने आधार नरहेको पूर्वधारविद् सूर्यराज आचार्य बताउँछन् । यसअघि जग्गा अधिग्रहण तथा जङ्गल फँडानीमा बजेट अभाव हुँदा सरकारले रकम जोहो गर्न नसकेको उदाहरण दिँदै आचार्यले भने, ‘यस्ता समस्या समाधान गर्न सरकार चनाखो भएमात्रै निर्माणले पूर्णता पाउन सक्छ ।’ यसअघि हुलाकी राजमार्ग समयमै नसकिनुमा सरकारी संयन्त्रको कार्यशैली मुख्य बाधक रहेको उनी बताउँछन् । विकास निर्माणमा शर्तअनुसार काम नगर्ने ठेकेदारको प्रवृत्तिलाई राज्यले तोड्न सकेकाले ठूला आयोजनाले गति लिन नसकेको हो । पछिल्लो समय बहुचर्चित आयोजनाका निम्ति आउने गरेको वैदेशिक अनुदान प्रभावकारी रूपमा परिचालन हुन नसक्दा दाता भड्किने अवस्था आएको आचार्यको बुझाइ छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठल भने, ‘मुलुकले ५ वर्षमा आर्थिक रूपमा ठूलो प्रगति गर्नेछ ।’ १२ सय किलोमिटरको मदन भण्डारी राजमार्गको काम सरकारले शुरू गरिसकेको उनी बताउँछन् । त्यस्तै महेन्द्र राजमार्ग बनेदेखि अहिलेसम्म जस्ताको त्यस्तै अवस्थामा रहेकाले यो सरकार बनेपछि चार लेन बनाउने काम शुरू भएको उनले बताए । ‘मदन भण्डारी राजमार्ग (झापाको बाहुनडाँगीदेखि शान्तिनगर हुँदै डँडेलधुराका रुपायलसम्म) सरकारले अघि बढाएको छ,’ महासेठले भने, ‘देशका राजमार्गसँगको दायाँ–बायाँ दक्षिण र उत्तर ६ लेन सडकहरू आगामी १८ महीनाभित्र हामी पूरा गर्न गइरहेका छौं ।’ उनले रेलमार्गका सम्बन्धमा प्रि–फिजिबिलटीका कामहरू सम्पन्न भइसकेको बताए । ‘डीपीआर बनाउने चरण शुरू भइसकेको छ,’ मन्त्री महासेठले भने, ‘बर्दिवासदेखि काँकडभिट्टा हामी निकट भविष्यमा नै सम्झौता हुने भएको छ भने २ सय ४६ किलोमिटर फाष्ट ट्रेनका रूपमा यसलाई विकास गरेर हामीले निकट भविष्यमा एग्रिमेण्ट गर्नेछौं ।’ जयनगर–जनकपुर–बिजलपुरा–बर्दिवास यही डिसेम्बरबाट सञ्चालन गर्ने अन्तिम तयारमा सरकार रहेको महासेठले बताए । काठमाडौंदेखि केरुङसम्मको प्रि–फिजिबिलिटी सम्पन्न भइसकेको र डीपीआर बनाउन थालिसकिएको मन्त्री महासेठको कथन थियो । भारतसँग सहमति भएअनुसार वीरगञ्ज–काठमाडौं रेलमार्गको प्रि–फिजिबिलिटी सम्पन्न भइसकेको र त्यसको पनि छिट्टै डीपीआर बन्ने उनको भनाइ छ । आचार्यले भने सरकारले जतिसुकै राम्रा योजनाअघि सारे पनि राज्यले पाँच तह तत्काल सुधार नगरेसम्म मुलुक तीव्र विकासको गतिमा हिँड्न कठिन छ । कानूनी, नीतिगत, कार्यान्वयन, निर्माण व्यवस्थापन, कर्मचारी संयन्त्र संरचनाको तहमा व्यापक सुधार भएमात्रै मुलुकले विकासको गति लिन सक्ने उनको बुझाइ छ । उनले भने, ‘अहिलेको कर्मचारीको काम गर्ने शैली नै गलत छ, सकारले लगानीको ग्यारेण्टी गर्न सकेको छैन । यसबाट लगानीकर्ता त्रस्त छन् ।’ भारतलगायतका दातृ निकायबाट नेपालका आयोजनामा दिइने अनुदान बढ्दो छ । त्यसको प्रयोगको प्राविधिक पक्षमा समेत पुनरवलोकन गर्न जरुरी छ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)