ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आप्रवासीलाई काम गर्न र बस्न सिङ्गापुर सबैभन्दा उत्कृष्ट, तलब भने स्वीट्जरल्याण्डमा धेरै

Oct 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
असोज २५, काठमाडौं । हामी धेरै कमाई हुने काम, शिक्षा स्वास्थ्यलगायतका भौतिक पूर्वाधार र सेवा सुविधा पाउने आशामा गाउँबाट शहर अनि शहरबाट विदेश जान्छौं । एउटै कामका लागि पनि देशमा र विदेशमा पाउने तलब सुविधा निकै फरक हुन सक्छ । हालै सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनले पनि यस्तै देखाएको छ । विदेशमा गएर काम गर्दा अहिले गरिरहेकै कामको तुलनामा बढी तलब मिल्ने निष्कर्ष बेलायती बहुराष्ट्रिय बैङ्क एचएसबीसीको भर्खरै सार्वजनिक गरेको ‘एक्सप्याट एक्सप्लोरर’ प्रतिवेदनले निकालेको छ । एउटै कामका लागि स्वदेशमा भन्दा विदेशमा बढी तलब पाएको सर्वेक्षणमा संलग्न ४५ प्रतिशत आप्रवासीहरुले बताएका छन् । २८ प्रतिशत सहभागीहरुले भने पदोन्नतिकै लागि आपूmले स्थान परिवर्तन गरेको बताएका छन् । विदेशीका लागि काम गर्न र बस्न सिङ्गापुर विश्वमै उत्कृष्ट छ । योसँगै लगातार चौथो वर्ष पनि सिङ्गापुर सूचिको अग्रस्थानमा रहन सफल भएको हो । ‘सिङ्गापुरमा विदेशीलाई आकर्षित गर्ने सबै चिज छ,’ प्रतिवेदनमा एचएसबीसीले भनेको छ । सूचीको बाँकी शीर्ष चार स्थानमा गत वर्ष झैं यस वर्ष पनि न्यूजील्याण्ड, जर्मनी, क्यानडा रहेका छन् । गत वर्ष नवौं स्थानमा रहेको बहराइन यस वर्ष ४ स्थान माथि उक्लिएर पाँचौं स्थानमा आएको छ । सूचीको बाँकी रहेको शीर्ष १० मा भने अष्ट्रेलिया, स्वीडेन, स्वीटजरल्याण्ड, ताइवान र संयुक्त अरब इमिरेट्स छ । विदेशमा गएर काम गर्दा औसत कर्मचारीहरुको तलब २१ हजार डलरसम्मले बढेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार स्वीटजरल्याण्ड, अमेरिका र हङकङमा विदेशी कर्मचारीहरुले सबैभन्दा बढी तलब पाउने गरेका छन् । स्वीटजरल्याण्डमा वार्षिक औषत तलब गत वर्षको तुलनामा ६१ हजार डलरले बढेको छ । त्यहाँ वार्षिक तलब औसत २ लाख ३ हजार डलर आसपास रहेको छ । यो विश्वको औसत स्तरभन्दा दोब्बर हो । तर त्यहाँ आप्रवासीका बाल बच्चा हुर्काउन धेरै खर्च लाग्ने र साथी भाई बनाउन पनि निकै अप्ठयारो भएको बताइएको छ । अमेरिका भने औसत तलब १ लाख ८५ हजार र हङकङमा १ लाख ७९ हजार डलर रहेको छ । सबैभन्दा धेरै लैङ्गिक समता भएको देश स्वीडेन हो भने त्यहाँ आप्रवासीका परिवारका लागि निकै राम्रो छ । अनुभवको श्रेणीमा भने न्यूजील्याण्ड, स्पेन र ताइवान सबैभन्दा अगाडि छन् । महिलाहरु र पुरुषबीचको विभेदलाई यस सर्वेक्षणले थप स्पष्ट पारेको छ । रोजगारीका लागि स्थान परिवर्तन गर्दा महिलाहरुको आय प्रतिशतले मात्रै बढेको पाइएको छ । करियर र पदोन्नतिका लागि ३३ प्रतिशत महिला मात्रै विदेश जाने गरेका छन् । उता पुरुषहरुमा यो दर ४७ प्रतिशत रहेको छ । महिलाहरुको औषत वार्षिक तलब पनि पुरुषको भन्दा ४२ हजार डलर कम पाइएको छ । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)