ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उच्च जोखीम, यात्रा बीमा अपरिहार्य

Oct 12, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपाल प्राकृतिक सम्पदाले धनी भए तापनि भौगोलिक रूपमा भने विकट नै छ । यहाँका पहाड र हिमालजस्ता भौगोलिक अवस्थाका कारण सडकलगायत पूर्वाधार विकासले गति लिन सकेको छैन । यद्यपि, तराईमा भने भौगोलिक सहजताका कारण सडक, उद्योगलगायत क्षेत्रको विस्तार भएको पाइन्छ । पहाडी तथा हिमाली क्षेत्रमा विभिन्न प्राकृतिक चुनौतीको सामना गर्र्दै विकास निर्माणका कार्य गर्नुपर्ने बाध्यता छ । बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण यहाँका सडक, औद्योगिक तथा ऊर्जाक्षेत्रहरू जोखीममा पर्दै गएका छन् । साथै, सरकारी पक्षको कमजोर नियम, निर्माण कम्पनीका लापरबाहीले गर्दा पहाडी भेगका सडक सञ्जाल गुणस्तरहीन बनेको देखिन्छ, जसले गर्दा त्यस्ता सडकमा गरिने यात्रा पनि दिन प्रतिदिन जोखीमयुक्त हुँदै गएको छ । त्यस्ता सडकमा गुड्ने पुराना गाडी, सिकारु चालकजस्ता कारण पनि वर्षेनि सयौं सङ्ख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दशैंजस्ता चाडपर्वको बेला अत्यधिक यात्रु र सवारी चापले गर्दा सडक दुर्घटना बढ्दै गएको छ । साथै, उत्तिकै मात्रामा यात्रुले ज्यान गुमाएका छन् । रोजगारीका लागि विदेशिएका र शहर बस्नेहरू यति बेला दशैंका लागि घर फर्कने क्रम जारी छ । यसले स्वाभाविक रूपमा यात्रुहरू बढेका छन् । यो अवसर छोप्न यातायात व्यवसायीले पार्टपुर्जा बिग्रिएका र पुराना गाडीसमेत चलाउने गरेको पाइन्छ । यस्तो अवस्था र कच्ची सडकका कारण सवारी दुर्घटना बढ्न सक्ने जानकारहरू बताउँछन् । उक्त सडकको दीर्घकालीन सुधार तत्काल सम्भव देखिँदैन । सम्बन्धित स्थानीय तहले वर्षेनि दशैंका बेला सडक मर्मत गरे तापनि क्षणिक समयमै बिग्रिने गरेको छ । त्यसैले, यी सडक दुर्घटनाबाट हुने क्षतिलाई आर्थिक रूपमा पूर्ति तथा न्यूनीकरणका लागि यात्रुले यात्रा बीमा गर्नुपर्ने बीमाविज्ञहरू सुझाउँछन् । अन्य समयमा हुने दुर्घटनाभन्दा दशैंको समयमा हुने दुर्घटना बढी दुःखद हुने बीमाविज्ञ भोजराज शर्माको अनुभव छ । ‘दशैं मनाउन खुशी हुँदै प्रदेश तथा शहरबाट मानिस गाउँ फर्कन्छन्,’ उनी भन्छन्, ‘यस्तो बेला दुर्घटनामा परेको समाचार सुन्दा दुःख लाग्छ ।’ दुर्घटनाका कारण यात्रुको मृत्यु भएमा यातायात कम्पनी र बीमा कम्पनीबाट आउने रकमले सम्बन्धित परिवारलाई केही मात्रामा भए पनि राहत मिल्न सक्छ । साथै, घाइते भएको अवस्थामा पनि बीमा कम्पनीमार्फत आउने रकमले उपचारमा सघाउ पु¥याउने बीमाविज्ञ रवीन्द्र घिमिरे बताउँछन् । नेपालमा हाल आन्तरिक यात्रा लक्षित बीमालेख उपलब्ध छैन । व्यक्तिगत दुर्घटना बीमामार्फत नै यात्रामा हुने जोखीमको सुरक्षण गर्न सकिने बीमाविज्ञ भोजराज शर्मा बताउँछन् । उक्त पोलिसीले बीमा अवधिभर हुने कुनै पनि दुर्घटनाको सुरक्षण गर्ने उनको भनाइ छ । उनका अनुसार रू. १ लाखसम्मको व्यक्तिगत दुर्घटना बीमाका लागि वार्षिक रू. २ सय देखि २ सय ५० सम्म बीमाशुल्क तिर्नुपर्ने हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)