ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ नोट सुरक्षा नगरे कारबाही

Oct 12, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमार्डौं । दशैं नजिकिएसँगै प्रत्येक वर्ष नयाँ नोट साट्ने लहर चल्ने गरेको छ । दशैंमा टीकाजमरा र आशीर्वादसँगै दक्षिणास्वरूप नयाँ नोट दिने चलन रहेकाले सबैले नयाँ नोटको चासो राख्छन् । त्यसैले, नयाँ नोट पाउन रातिदेखि नै बैङ्कहरूमा लाइन लाग्ने गर्छ । यसरी लाइन लागेर लिएको नोट जोगाउन सबैले ध्यान दिएको भने पाइँदैन । नोटको सुरक्षामा ध्यान दिन राष्ट्र बैङ्कले अनुरोध गर्दै आएको छ । राष्ट्र बैङ्कका अनुसार नोट केरमेट गर्ने, खुम्च्याउने, भिजाउने, झुœयाउनेलगायत कार्य गर्नेलाई यस वर्षदेखि कारबाही र जरीवानासमेत गरिनेछ । विश्वका कतिपय विकसित मुलुकले कागजी नोटसरह विनिमय गर्न सकिनेगरी विभिन्न किसिमका कार्ड प्रयोगमा जोड दिएका छन् । ती देशमा प्लाष्टिकका नोटले कागजी मुद्रा विस्थापित गर्न थालेका छन् । हाम्रो सन्दर्भमा हेर्ने हो भने कागजी नोटकै बढी चलन छ । बहुसङ्ख्यक नागरिकले प्रयोग गर्ने यिनै नोटकोे सुरक्षा नहुँदा राष्ट्रिय खर्चमा अनावश्यक वृद्धि भई अर्थतन्त्रमा नकारात्मक प्रभावसमेत परिरहेको विज्ञहरू बताउँछन् । कुनै पनि देशको नोट मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको हुन्छ । नोट सम्बन्धित देशको राष्ट्रिय परिचायक पनि हो । भनिन्छ, मुलुकमा चल्ती नोटको अवस्थाले त्यस देशको सामाजिक विकासको अवस्था आँकलन गर्न सकिन्छ । तर, हामी नेपाली यो मामलामा गम्भीर हुन सकेका छैनौं । हामी दशैं–तिहारजस्ता चाडपर्वमा नोटलाई रङ, अबीर आदिले पूजा गर्ने, पानीले भिजाउने, जथाभावी पट्याउने गतिविधि वर्षौंदेखि दोहो¥याइरहेका हुन्छौं । यसबाट नोट छिट्टै पुरानो हुने, च्यातिने, झुत्रिने भएकाले त्यसलाई प्रतिस्थापन गरेर नयाँ नोट निकाल्नुपर्दा राष्ट्रलाई अनावश्यक व्ययभार पर्छ । दशैंको समयमा नोटमा जमरा र फूलटीका राखेर दक्षिणा दिने प्रचलनले पनि नोटलाई असुरक्षित बनाइरहेकोे छ । यस्ता चाडपर्व र अन्य धार्मिक तथा सामाजिक कार्यमा नयाँ नोट नै चाहिने परम्परागत मानसिकता छ । यो प्रवृत्ति त्याग्न नसक्दा पनि नोटको असुरक्षा बढिरहेको छ । यसबाहेक अन्य समयमा पनि नोटको सम्मान र इज्जत गर्न हामी चुकिरहेका छौं । नोटलाई अनावश्यक रूपमा घरमा थन्क्याएर राख्ने विशेषगरी समाजका ज्येष्ठ नागरिकको बानी नै छ । यसरी थन्क्याएर लामो समयसम्म राख्दा नोट ढुसी पर्ने, पुरानो देखिने, कुहिने र झुत्रिने समस्या बढ्छ । यसैगरी सानातिनादेखि ठूला मन्दिरमा कागजी नोट चढाइने प्रचलन पनि नोटको सुरक्षाको चुनौतीकै रूपमा छ । त्यस्तै, नोट बोक्ने र लेनदेन गर्ने कुरामा पनि उचित ध्यान पुग्न सकेको छैन । राष्ट्रिय नोटप्रति हाम्रो दृष्टिकोण नै सकारात्मक बन्न सकेको छैन । किनकि देशभित्रै पनि डलरलगायत अन्य विदेशी नोट बडो जतनसाथ राख्ने र लेनदेन गर्ने गरिन्छ भने नेपाली नोटलाई बेपर्बाह तरीकाले कच्याककुचुक पारेर बोक्ने र नोटमा केरमेटसमेत गरिन्छ । युवायुवतीले प्रेमिल शायरी कोर्नेदेखि दुव्र्यसनीमा पसेकाले अखाद्य वस्तु प्याक गर्नेसम्मको काममा नोटको दुरुपयोग भइरहेको छ । विशेषगरी अन्य सामानको सुरक्षामा अत्यन्त हेरचाह गर्ने महिलाले नोटको हेरचाहमा भने धेरै हेलचेक््य्राइँ गरिरहेको देखिन्छ । नोटलाई शरीरका अङ्गमा खाँदेर राख्ने, गोजी तथा पर्समा कोचेर राख्ने र कच्याककुचुक बनाएर हातमा बोक्ने कार्य सामान्य बन्ने गरेको छ । नोट केरमेट गरे ३ महीना कैद र ५ हजार जरीवाना नोट तथा मुद्रा केरमेट गर्ने, च्यात्ने र गाल्नेले अब ३ महीना जेलसजाय पाउनुका साथै रू. ५ हजार जरीवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सूचना जारी गरी नोटको सुरक्षा नगर्नेलाई कारबाहीको चेतावनी दिएको हो । यो व्यवस्था भदौ १ गतेदेखि लागू भइसकेको छ । यसअघि पनि केन्द्रीय बैङ्कले नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्न नहुनेबारे आम नागरिकलाई सुसूचित गर्दै आए पनि कारबाहीको व्यवस्था भने गरेको थिएन । यसपटक भने केन्द्रीय बैङ्कले नेपाली मुद्राको हिफाजत तथा टिकाउ कडाइ गरेको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए । सो विभागले यसबारे सार्वजनिक सूचनाका साथै बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र जारी गरी जानकारी दिएको छ । दशैंमा नयाँ नोट साट्ने परिपाटी नेपाल राष्ट्र बैङ्कले दशैंको मौका पारेर नयाँ नोट बजारमा ल्याउने परिपाटी बसालेको छ । तर, यसको थालनी कहिलेदेखि भयो भन्ने प्रमाण भेटिन्न । तर, विभिन्न कालखण्डमा भएका नोटसम्बन्धी क्रियाकलापलाई आधार मान्न सकिन्छ । देश एकतन्त्रीय शासन पद्धतिबाट सञ्चालित भएको कुनै कालखण्डमा तत्कालीन शासकका होमेडोमेलाई दक्षिणा र भाइभारादार, ढोके, बैठकेलाई दशैं मनाउन दिने बक्सिस वितरण गर्न नयाँ नोट दाखिला गर्ने परम्पराको थालनी भएको हुनुपर्छ । पछि प्रशासन तथा सुरक्षातर्फका कर्मचारीले पनि देखासिकी गरी दशैंमा नयाँ नोट प्रयोग गर्ने प्रचलनले व्यापकता पाउँदै आजको रूपमा आइपुगेको सहजै अनुमान गर्न सकिन्छ । तर, आजको बदलिएको परिस्थितिमा यो परम्परालाई निरन्तरता दिनुपर्ने आवश्यकता वा बाध्यता कति छ भन्नेमा प्रश्न उठ्न सक्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)