ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार महीनादेखि बन्द मलेशियाको रोजगारी खुल्दै, कात्तिक १२ मा दुई देशबीच श्रम सम्झौता

Oct 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
असोज २८, काठमाडौं । मलेशियाको रोजगारी बन्द भएको चार महीना पुगेको छ । विभिन्न संस्था खडा गरेर कामदारलाई अत्तिरिक्त भार थप्ने काम भएको भन्दै सरकारले मलेशियामा नेपाली कामदार पठाउन बन्द गरेको थियो । पछिल्लो पटक श्रम सम्झौता बिना कामदार रोजगारीका निम्ति मलेशिया नपठाउने सरकारी अडानपछि कात्तिक १२ गते श्रम सम्झौताका लागि अन्तिम तयारी भैरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मलेशियाका मानव संसाधन मन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउने र १२ गते नयाँ सम्झौतामा हस्ताक्षर गर्ने कार्यतालिका रहेको छ । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘दुुई देशका प्रतिनिधिबीच समझदारीपत्र (एमओयु) मा प्रारम्भिक सहमति जुटेको छ, हस्ताक्षरका लागि अन्तिम तयारी भैरहेको छ ।’ कतिपय विषयमा अभैm पनि असमझदारी रहेको बताउँदै ती अधिकारीले छलफलमार्पmत निकास निकाल्ने तयारी भैरहेको बताए । कात्तिक १२ गते नै सम्झौता भए पनि रोकिएको रोजगारी खुल्न भने समय लाग्ने ती अधिकारीको भनाइ छ । तत्कालै कामदार पठाउन कठिन भए पनि प्रक्रियाका विषयमा दुईपक्षीय छलफल तत्कालै थालिने छ । खासगरी पहिले मलेशियाको रोजगारी प्रक्रियामा काम गर्ने विभिन्न संस्था खारेज गर्ने नेपालको निर्णय र अर्को प्रक्रिया के हुने भन्ने प्रष्ट नभई कामदार पठाउन समस्या रहेको जानकारहरू बताउँछन् । सरकारले यसअघिनै कामदारले तिर्नुपर्ने सेवाशुल्क निःशुल्क भनेको थियो तर त्यो कार्यान्वयनमा आउन सकेको छैन । एमओयुमा सहमति हुँदैमा त्यो कार्यान्वयन हुने आधार बलियो नदेखिने जानकारहरू बताउँछन् । वैदेशिक रोजगारसम्बन्धी जानकार सुशील ढुङ्गानाले भने, ‘श्रममन्त्री गोकर्ण विष्टकै कार्यकालमा पनि फ्री भिसा, फ्री टिकटको निर्णय कार्यान्वयनमा खासै प्रगति भएको छैन, यसले मलेशियाको रोजगारी सहज हुन्छ भन्नेमा विश्वस्त हुने आधार छैन ।’ उनका अनुसार सरकारले खारेज गरेका पाँच संस्था पुनः ब्यूँतिने खतरासमेत कायमै छ । उनले भने, ‘सरकारी संयन्त्र अभैm पनि बलियो छैन, अधिकारीहरू लाभका पछाडि कुद्छन्, यस्तो अवस्थामा कसरी ढुक्क हुने ?’ तर मलेशियाको समस्याका विषयमा सरकार गम्भीर रहेको र श्रम सम्झौता कामदारलाई आर्थिक भार नपार्ने गरी गर्न लागिएको मन्त्रालयका अधिकारीहरूको दाबी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)