ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा कम्पनी : साढे ३३ अर्ब लगानी

Oct 15, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षसम्म विभिन्न क्षेत्रमा रू. ३३ अर्ब ४५ करोड लगानी गरेका छन् । बीमा समितिले तयार पारेको बीमा कम्पनीहरूको आर्थिक वर्ष २०७४/७५ को संयुक्त वित्तीय विवरणले यस्तो देखाएको हो । त्यसमध्ये रू. ८ अर्ब ३ करोड ३८ लाख कम्पनीहरूले दीर्घकालीन रूपको लगानी गरेको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी लगानी शिखर इन्स्योरेन्सले गरेको छ । शिखर इन्स्योरेन्सले गत आवसम्ममा रू. २ अर्ब ६२ करोड ४२ लाखभन्दा बढी लगानी गरेको छ । सो रकममध्ये रू. ८९ करोड ९३ लाख दीर्घकालीन लगानी हो । यस्तै, गत आवको अन्त्यमा मात्रै सञ्चालनमा आएको जनरल इन्स्योरेन्सले रू. २ करोड दीर्घकालीन लगानीसहित कुल रू. ६६ करोड २५ लाख लगानी गरेको छ । गत आवको अन्त्यमा सञ्चालनमा आएको सानिमा इन्स्योरेन्सले दीर्घकालीन लगानी रूपमा लगानी गर्न सकेको छैन । सानिमाले गत आवमा रू. ६९ करोड २५ लाख लगानी गरेको छ । सो रकम अल्पकालीन लगानी हो । सानिमा र जनरलसँगै सञ्चालनमा आएको अजोड इन्स्योरेन्सले भने कुनै पनि किसिमको लगानी गरेको छैन । ‘निर्जीवन बीमक लगानी निर्देशन २०७१’ अनुसार कम्पनीहरूले सार्वजनिक संस्थानको शेयर, बैङ्क, उत्पादनशील तथा राष्ट्रिय महइभ्वलगायतका क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । सोअनुसार कम्पनीहरूले वाणिज्य बैङ्क, सार्वजनिक संस्थानको शेयर, ऊर्जा, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानी गर्दै आएका छन् । यद्यपि, कम्पनीहरूले कुन क्षेत्रमा कति लगानी गरे भन्ने तथ्याङ्क भने नभएको समितिको भनाइ छ । कम्पनीहरूले कुल लगानीमा ६५ प्रतिशत नघट्ने गरी अनिवार्य रूपमा क र ख वर्गका बैङ्क, नेपाल राष्ट्र बैङ्कको ऋणपत्रजस्ता क्षेत्रमा लगानी गर्नुपर्ने निर्देशनमा उल्लेख छ । सोहीअनुसार कम्पनीहरूले बैङ्कको मुद्दती खातामा बढी मात्रामा लगानी गरेको समितिले जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूको लगानी उत्पादनशील क्षेत्रमा कम भएको बताए । उनका अनुसार बीमा कम्पनीहरूको रकम बैङ्कमार्फत नै उत्पादनशील क्षेत्रमा लगानी भएका छन् । पछिल्लो समय कम्पनीहरूले कृषि, ऊर्जाजस्ता उत्पादनशील क्षेत्रमा पनि लगानी गर्ने गरेको बीमा समितिको भनाइ छ । निर्देशनअनुसार कम्पनीहरूले कुल लगानीमा ५ प्रतिशत लगानी उत्पादनशील तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । बीमाविज्ञ रवीन्द्र घिमिरेले बीमा कम्पनी आफैमा जोखीम वहन गर्ने क्षेत्रका भएकाले सुरक्षित क्षेत्रमा नै लगानी गर्नु अपरिहार्य भएको बताए । नेपालको निर्जीवन बीमक लगानीसम्बन्धी नीतिगत व्यवस्था संसारकै उत्कृष्ट रहेको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)