ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तौल घटाउनेलाई सुन !

Jul 23, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

आफ्नो शारीरिक तौल घटाउँदा आफैलाई फाइदा हुने कुरा त सर्वविदितै छ । तर, धेरैले तौल घटाउने सल्लाहको पालना गर्दैनन् । यसै प्रसङ्गमा दुबई सरकारले आफ्ना नागरिकलाई तौल घटाउनका लागि प्रोत्साहित गर्न अनौठो योजना अघि सारेको छ । मुस्लिमहरुको पवित्र महीना रमदानको अवसर पारेर ल्याइएको यस योजनाअनुसार रमदान अवधिभरिमा प्रत्येक १ केजी तौल घटाएबापत सरकारले एक ग्राम सुन दिनेछ । तर, जम्मा १ केजी तौल घटाएर मात्र पुग्दैन, न्यूनतम २ केजी घटाए मात्र सुन पाइन्छ । रमदान महीनामा मुस्लिम समुदायहरु दिनको उज्यालोमा खाना नखाई उपवास बस्ने गर्छन् । तर, अधिकांश व्रतालुले बेलुका घाम अस्ताएपछि उपवास तोडेलगत्तै चिनी र बोसोयुक्त पारम्परिक व्यञ्जन बढी नै खाने गरेका छन् र यसो गर्दा उनीहरुको औसत दैनिक क्यालोरी उपभोगमा निकै वृद्धि हुने गर्दछ ।

अगष्ट १६ सम्म चल्ने यस प्रतियोगितामा भाग लिन गत शुक्रवारसम्म नाम दर्ता गराएका प्रतियोगीमध्ये सबैभन्दा बढी तौल घटाउने शीर्ष तीन प्रतियोगीले २० हजार दिराम (५ हजार ४ सय डलर) पर्ने सुनका सिक्का जित्न सक्नेछन् । बडी मास इण्डेक्स हिसाब गर्दा जुन व्यक्ति बढी मोटो हुन्छ, उसले मात्र यस प्रतियोगितामा भाग लिन पाउँछ । ‘अति नै मोटा व्यक्तिमात्र यसमा भाग लिन पाउँछन् र उसले तौल घटाउने अन्य हानिकारक उपाय अपनाउन पाउँदैन साथै तौल मापन गर्न प्रतियोगिताको अन्तिम दिन आफै उपस्थित हुनुपर्नेछ,’ दुबई नगरपालिकाले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

तर, यस प्रतियोगितामा छलछाम गर्न सकिने ठाउँ पनि रहेको पाइएको छ । केही व्यक्तिले नाम दर्ता गर्नुअघि धेरै खाएर बढी तौल बनाउने र पछि आफ्नो साविकको खान्की खाएर तौल घटाई सजिलै सुन जित्ने योजना पनि बनाएका छन् । यस योजनाका लागि नगरपालिकाले पर्याप्त बजेटको व्यवस्था गरेको बताइएको छ । साथै, दुबई गोल्ड एण्ड ज्वेलरी ग्रूप र दुबई मल्टी कमोडिटिज सेण्टरले १ लाख दिराम मूल्यका सुनका सिक्काहरु यस प्रतियोगिताका लागि नगरपालिकालाई उपलब्ध गराएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)