ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यसपालाको दशैं

Oct 26, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
दशैं २०७५ पनि सकियो । तर, दशैंको ह्याङ्गओभर अझै सिद्धिएको छैन । के प्राइभेट, के सरकारी कार्यालय सबैतिर न्यून कर्मचारीको उपस्थितिले दशैं नसिद्धिएको प्रष्ट पार्छ । अझ दैनिक पत्रिकाहरु दुब्लाएको देख्दा यो झन् स्पष्ट हुन्छ । विगतका भन्दा यसपालिको दशैं धेरै हिसाबले फरक र उत्कृष्ट रह्यो । सर्वप्रथम त चीनले ५५ किमीको सामुद्रिक पुल उद्घाटन गर्दै–गर्दा यता नेपालमा पनि दशैंमा बिजुलीबाट चल्ने बस काठमाडौंमा गुड्यो । बसको उद्घाटन गर्न प्रमसहित अर्थ, पर्यटन, वनलगायत मन्त्रीहरुको लस्कर नै गयो । सरकार विकासप्रति कति प्रतिबद्ध छ भनेर यसले देखाउँछ । प्रधानमन्त्रीले त अब घरघरमा ग्यासको पाइपको साटो बिजुलीको तार नै पुर्‍याउने भनेका छन् । केही समयअघि मात्र जनकपुरबाट जयनगर चल्ने रेल पनि पुनः शुरू भा’थ्यो क्यारे । प्रधानमन्त्री भएपछि ओलीले प्रतिबद्धता गरेका तीन मुख्य काममध्ये दुई पूरा भए यो दशैंमा । यति भएपछि अब अर्को दशैंसम्म पानीजहाज पनि कसो नचल्ला र ?
हुन पनि कम्ता रमाइलो थिएन यो दशैं । उता, राष्ट्रपतिले ठूलाहरुलाई ठूलै कष्टका साथ टीका प्रदान गरिबक्सँदै थियो । यता, प्रधानमन्त्रीले टीका तालिका सार्वजनिक गरेर नै आफ्ना नेता तथा कार्यकर्तालाई एक एकओटा नयाँ जोक दक्षिणासहित टीका हस्तान्तरण गरिबक्सँदै थियो ।
सबैभन्दा ठूलो कुरा यो दशैंमा जताततै ठूलाबडाका बाहुलीबाट धनुष्टङ्कार शैलीमा टीकाजमरा लगाउने मौका जुर्‍यो । बल्ल आएर गणतान्त्रिक नेपालको प्रजा हुन पाएकोमा गर्वले शिर निहुरियो । हजुरबा, हजुरआमा, बा, आमा नहुनेहरुले ठूला र मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न पाइएन भन्ने गुनासो यसपटकदेखि सदाका लागि हरायो जस्तो छ । राष्ट्रको परम्पराको सम्मानमा राष्ट्रप्रमुख वा राष्ट्रपतिले विगत र वर्तमानका उच्च ओहोदाका व्यक्तित्वहरुलाई टीका लगाइदिइबक्स्यो । यो सामान्य जस्तो देखिए पनि यसको सांस्कृतिक र साङ्केतिक महङ्खव ठूलै छ । तर, केवल एक्ली राष्ट्रपतिबाट दुई तिहाइ बहुमत टीका ग्रहणाकाङ्क्षी नेपाली जनताको आवश्यकताको सम्बोधन हुन नसक्ने देखेर तथा निरीह प्रजाका लागि टीका लगाइदिने र आशीर्वाद दिने कोही नहुन सक्छन् भन्ने ठानेर नै सरकार प्रमुख स्वयम् प्रधानमन्त्रीले पनि भावविह्वल हुँदै जनताका निधारमा रातो टीका प्रदान गरिबक्स्यो । टीकामा धेरैभन्दा धेरै नेपाली जनताको पहुँच पुगोस् र आशीर्वाद पाउने कुरामा कोही कतै नचुकोस् भन्ने हेतुले इतिहासमै पहिलोपटक श्री प्रधानमन्त्रीजीबाट टीका परम्पराको शुरुआत गरिबक्सेकोे हो भन्ने सहजै बुझ्न सकिन्छ । त्यतिमात्र होइन, एक दिनले नपुग्ला भनेर टीका ग्रहण गर्ने कुरालाई प्रजातन्त्रीकरण गर्दै प्रमले विगतमा राजाले एक दिन मात्र टीका लगाइदिने चलनलाई क्रमभङ्ग गर्दै यसलाई पाँच दिनमा विस्तार गरिबक्स्यो । सरकारले दशैं बिदा कटौती गरेर फूलपातीदेखि एकादशीसम्म मात्र राखे पनि प्रमले भने द्वादशीदेखि पूर्णिमासम्म पनि टीका लगाइदिबक्सेका थिए । यसले एक त हाम्रा प्रम कति उदार छन् भन्ने देखाउँछ भने अर्कोतिर यसले वर्तमान कम्युनिष्टको सरकार जनताप्रति कति संवेदनशील र कति प्रजातान्त्रिक छ भन्ने पनि स्पष्ट पार्छ । त्यतिमात्र नभै कम्युनिष्टहरुले धर्म, संस्कृति मान्दैनन् भन्नेहरुका लागि यो एउटा गतिलो झापड पनि हो । वर्तमान सरकारको आयु करीब ४ वर्ष बाँकी भए पनि यो परम्परा सङ्घीय मन्त्रीहरु हुँदै प्रदेशका मन्त्री, मेयर तथा स्थानीयस्तरमा वडाध्यक्षसम्मले शुरू गर्दै जाने विश्वास गर्न सकिन्छ । त्यसो भएमा सरकारको आयु छोटो भए पनि परम्पराले लामो यात्रा तय गर्नेछ । हुन पनि कम्ता रमाइलो थिएन यो दशैं । उता, राष्ट्रपतिले ठूलाहरुलाई ठूलै कष्टका साथ टीका प्रदान गरिबक्सँदै थियो । यता, प्रधानमन्त्रीले टीका तालिका सार्वजनिक गरेर नै आफ्ना नेता तथा कार्यकर्तालाई एक एकओटा नयाँ जोक दक्षिणासहित टीका हस्तान्तरण गरिबक्सँदै थियो । एवम् रीतले सेना र तीनै थरीका पुलिसका हाकिमहरु देशैभरि आआफ्ना ठाउँबाट आफू मातहतका कारिन्दाहरुलाई टीका र आशीर्वाद प्रदान गर्दै थिए । त्यस्तै, उता पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा आफ्ना शुभेच्छुक र समर्थकहरुलाई टीका बक्सँदै आवश्यक परे र जनताले साथ दिए आफू पुनः सक्रिय हुने मीठो सपना पनि सुनाइबक्सँदै थिए । तर, यता दशैं सिद्धिँदै गर्दा दशैको रमाइलो माहोललगत्तै नेपाली बैङ्कहरुसँग लगानीयोग्य पूँजीको अभाव भयो भन्ने खबर ‘एण्टिक्लाइमेक्स’को रूपमा आएको छ । पैसा जति दशैंमा टीका लगाएरै सिद्धिएको हो, जुवा खेलेर सिद्धिएको हो वा बैङ्कसँग लगानी गर्ने पूँजीको रक्तअल्पता हुने पुरानै रोग बल्झिएको हो, एक–दुई दिनमै थाहा भइहाल्ला । तर, हरेक समस्याको जादूमय समाधान ओकल्ने प्रम ओलीले तिहारसम्म क्यै न क्यै घोषणा गरिबक्सन्छ भन्ने ठूलै आशा भने बाँकी नै छ है !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)