ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याकडोनल्डस्मा ९२ वर्षीया कर्मचारी !

Jul 24, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

विश्वभरि सामान्यतया ७० वर्षभन्दा माथिको उमेर भनेको कामबाट सेवानिवृत्त भई आनन्दले बस्ने बेला हो । तर, अमेरिकी विश्वव्यापी फाष्ट फूड चेन म्याकडोनल्डस्मा भने एक ९२ वर्षीया कर्मचारी सारा ड्यापेन अझै पनि आफ्नो पेशामा सक्रिय भएर लागिरहेकी छिन् । अमेरिकाको आयोवा राज्यको स्टोरी सिटी काउण्टीस्थित म्याकडोनल्डस्को एक आउटलेटमा उनी विगत ५ वर्षदेखि आफ्नो वृद्धावस्थालाई बिर्सिएर तन्नेरी जोशका साथ कार्यरत छिन् । यसबाट सन् १९२० मा आयोवामै जन्मिएकी ड्यापेन विश्वभरिकै म्याकडोनल्डस् चेनमा कार्यरत वरिष्ठ कर्मचारी हुन सफल भएकी छन् । रेष्टुरेण्टको कुर्सी टेबुल पुछ्नु र सफा राख्नु ड्यापेनको मुख्य काम भए पनि उनलाई ग्राहकसँग गफ गर्न सबैभन्दा मनपर्ने स्थानीय टेलिभिजन केसीसीआईले बताएको छ ।

‘सडकमा यताउति विनाकामले भौंतारिनुभन्दा यहाँ बसेर काम गर्नु बढी आनन्ददायक छ, ’ड्यापेनले भनिन् । म्याकडोनल्डस्को कर्मचारीले लगाउने रातो पोशाकमा सजिएर उनी सधैं काममा जान तयार रहन्छिन् । ‘मलाई यो निकै अचम्म लाग्छ, तैपनि उनी १ सय १० वर्ष पुगुञ्जेलसम्म पनि काममा यत्तिकै सक्रिय भएर लागिपर्ने छिन् जस्तो देखिन्छ, ’म्याकडोनल्डस्का विभागीय व्यवस्थापक एलिजावेथ होम्सले बताए । यसअघि बेलायतको नर्थ वेल्सका एक ८८ वर्षीय पुरूष सबैभन्दा बढी उमेरसम्म काम गर्ने मानिसका रुपमा रहेको द सन पत्रिकाले छापेको थियो । तर, ९२ वर्षसम्म काममा सक्रिय रुपमा लागिपरेर ड्यापेलले उनलाई पनि उछिनेकी छिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)