ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय चोरी रोक्न ईश्वरको सहारा !

Jul 25, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

विद्युत् चोरीको समस्या नेपालमा मात्र होइन, पाकिस्तानमा पनि उस्तै छ । यो समस्यासँग जुध्न नेपालमा धेरै बिजुली चोरी हुने ठाउँमा अन्यत्रभन्दा बढी समय विद्युत् काटिने, प्रहरी र नागरिकको प्रयासमा गस्ती गर्नेलगायतका उपायहरु अपनाइँदै आइएको छ । तर, पाकिस्तानमा भने अलि भिन्न उपाय अपनाइएको छ । त्यहाँको पेशावर राज्यस्थित ‘पेशावर विद्युत् आपूर्ति कम्पनी’ (पीईएससीओ)ले विद्युत् चोरी रोक्न धार्मिक आस्थाको सहयोग लिएको छ ।

मुस्लिमहरुको पवित्र महीना रमदानको शुरूआतसँगै पीईएससीओले पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रका तीन प्रमुख पत्रिकाको पहिलो पानामा पाठकहरुलाई चोरी गर्नु पाप हो भन्ने स्मरण गराउने खालको विज्ञापन छपाएको छ । विज्ञापनमा ‘व्रत बस, दान गर, आमाबुबाको सेवा गर तर यी सबै कानूनी ढङ्गले प्राप्त भएको बिजुलीको प्रकाशमा गर,’ भन्ने सन्देश छापिएको छ । पाकिस्तानी ऊर्जाक्षेत्र वर्षौंदेखिको भ्रष्टाचार र घट्दो लगानीका कारण कमजोर बन्दै गएको छ । फलस्वरुप जनता दैनिक २० घण्टाको लोडशेडिङ सामना गर्न बाध्य छन् ।

विद्युत् चोर्ने प्रवृत्ति रोक्न प्रधानमन्त्री नवाज शरिफले विद्युत् चोर्नेलाई कडाभन्दा कडा सजाय हुनुपर्ने आदेश जारी गरे तापनि ऊर्जा कम्पनीकै कर्मचारीको समेत यस्तो कार्यमा संलग्नता रहेकाले शरिफको आदेशलार्ई अगाडि बढाउन कठिन भएको छ । उता, अनियमित बिजुली आपुर्ती हुने हो भने बिजुलीको बिल किन तिर्ने भन्नेतिर सरकारको ध्यानाकर्षण हुनुपर्ने आमजनताको भनाइ छ । प्रमुख ऊर्जा केन्द्र भएका स्थानका बासिन्दाहरु भने त्यहाँबाट उत्पादित ऊर्जामा आफ्नो पहिलो हक हुने दाबी गर्दै यसरी बिजुली उपयोग गर्नुलाई चोरी भन्न नहुने बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)