ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारद्वारा सय नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक, पूर्वाधार विकासका लागि ५० करोड बजेट विनियोजन (सूचीसहित)

Nov 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
कात्तिक १५, काठमाडौं । सरकारले पर्यटन विकासका लागि एक सय ओटा नयाँ पर्यटकीय गन्तव्य बिहीवार सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय नयाँ गन्तव्य छनोट गरेको हो । नयाँ पर्यटकीय गन्तव्यका लागि देशैभरबाट परेका ६ सयभन्दा बढीको आवेदन तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट गरिएको मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकासित गरेको थियो । नयाँ विकास गर्नु पर्ने गन्तव्यहरुमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बाँडफाँट गरिने मन्त्रालयले जानकारी दिएको छ । सय ओटा नयाँ गन्तव्यको पूर्वाधार लगायतका क्षेत्रको विकासका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र प्रत्येक गन्तव्यलाई रू. ५० लाख रुपैयाँका दरले बजेट छ्ट्याइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यालले जानकारी दिए । उनले भने, ‘अहिले गन्तव्य पहिचान गरी थोरै भएपनि बजेट विनियोजन गरिएको छ । यसबाट ती गतन्यको प्रारम्भिक कार्य हुनेछ । क्रमशः स्थानीय सरकार तथा निजी क्षेत्रको सहकार्यमा गन्तव्यको थप विकास गरिने छ ।’ सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालको पर्यटन प्रवद्र्धनको लागि नयाँ गन्तव्य पहिचान गर्ने उल्लेख गरेको थियो । नयाँ सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाईसमेत सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले जानकारी दिए । नेपालले नेपाल भ्रमण वर्षलाई ‘लाइफ टाइम एक्सपेरियन्स’का रुपमा प्रवद्र्धन गर्न चाहेको र नेपालमा संसारको कुनै पनि ठाँउमा नभएको अलौकिक स्थानहरु रहेकोले पनि यो प्रयास सकारात्मक रहको उनले बताए । नयाँ गन्तव्यहरुको सूची :- [pdf-embedder url="http://3.0.212.217/abhiyan.com.np/wp-content/uploads/2018/11/100-destinations11012018113957.pdf" title="100 destinations11012018113957"]  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)