ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भाइटीकामा बीमालेख उपहार

Nov 2, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । परम्परागत रूपमा मनाइँदै आएको तिहारमा हाल नयाँ प्रचलन पनि भित्रिन थालेका छन् । दाजुभाइले तिहारमा दिदीबहिनीको हातबाट टीका लगाएपछि उनीहरूलाई दक्षिणा दिने परम्परागत चलन छ । साथै, दिदीबहिनीले दाजुभाइलाई मीठामीठा खानाका परिकार खुवाउने प्रचलन पनि छ । तर, योसँगै अहिलेको तिहार त्यतिमा मात्र सीमित छैन । पछिलो समय तिहारमा दाजुभाइ र दिदीबहिनी बीच एकआपसमा जिन्सी उपहार आदानप्रदान गर्ने चलन पनि थपिएको हो, जसअनुसार तिहारमा दाजुभाइले दिदीबहिनीलाई घडी, मोबाइल, पुस्तक, श्रृङ्गारका सामग्रीलगायत विभिन्न उपहार दिने गरेका छन् । साथै, दिदीबहिनीले पनि दाजुभाइलाई कपडा, चकलेट र केकजस्ता उपहार दिने परिपाटीको विकास भएको छ । तिहारमा दाजुभाइ र दिदीबहिनीबीच आदानप्रदान हुने उपहार आकर्षक भए तापनि दिगो खालको भएको पाइँदैन । त्यसैले, तिहारमा निजको जीवनयापनमा पनि सहयोग पुग्ने नगदसहित अन्य महŒवपूर्ण उपहार दिनु राम्रो हुन्छ । बढ्दो जोखीमसँगै पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ । साथै, नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुर्‍याउने पनि देखिन्छ । तर, आम मानिस अझै पनि बीमाको दायरामा आवश्यकताअनुरूप आउन सकेका छैनन् । करीब ७१ वर्षको इतिहास बोकेको नेपालको बीमा बजारमा हाल १८ जीवन र २० निर्जीवन गरेर ३८ ओटा बीमा कम्पनी सञ्चालनमा छन् । तर, बीमाको पहुँच भने ११ प्रतिशतमा मात्रै सीमित छ । कम्पनीप्रतिको अविश्वास, बीमा बजारकै विविध कमजोरी, गरीबी, बीमा साक्षरताको अभावलगायत कारण मानिस यसको दायरामा आउन सकेका छैनन् । पछिल्लो समय विदेशतिर जन्मदिन र विभिन्न चाडपर्वमा सम्बन्धित व्यक्तिलाई कुनै पनि किसिमको बीमालेख उपहार दिने प्रचलन बढेको छ । विदेशमा विकास भएका धेरै प्रचलन नेपालमा छिटै अवलम्बन हुन्छन् । तर, बीमा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित यस्ता प्रचलन भने आमरूपमा देखिएको पाइँदैन । नेपालमा पनि जन्मदिन र चाडपर्वमा बीमालेख उपहार दिने प्रचलनको विकास गर्न सके निजको भविष्य राम्रो हुने देखिन्छ । तर, नेपालमा अझै पनि उपहारस्वरूप जिन्सी सामग्री नै दिने प्रचलन हावी छ । यसै सन्दर्भमा बीमाविज्ञ तथा अभिकर्ताहरूले भाइटीकामा दिदीबहिनी तथा दाजुभाइले एकआपसमा बीमालेख उपहार दिनुपर्ने सुझाएका छन् । तिहारमा दाजुभाइले दिदीबहिनीलाई बीमालेख उपहार दिँदा निजलाई दीर्घकालीन सहयोग पुग्ने विज्ञहरू बताउँछन् । प्रत्येक तिहारमा उपहारस्वरूप बीमालेख आदानप्रदान गर्दा बीमाशुल्क तिर्न पनि सहज हुने अभिकर्ता ऋषिकेश पोखरेलको भनाइ छ । साथै, दाजुभाइ र दिदीबहिनीमा उपहारस्वरूप जिन्सी सामानभन्दा पनि बीमालेख आदानप्रदान गरेमा नौलो र प्रभावकारी हुने उनको बुझाइ छ । सम्पन्न र मध्यम वर्गले आफ्नो गच्छेअनुसारको बीमालेख उपहार प्रदान गर्न सक्ने अवस्था रहेको बीमा अभिकर्ताहरू बताउँछन् । निम्नवर्गका परिवारले पनि लघुबीमाअन्तर्गतका बीमालेख उपहारस्वरूप दिन सक्ने बीमा विज्ञहरू दाबी गर्छन् । तिहारमा दाजुभाइ र दिदीबहिनीले उपहारस्वरूप स्वास्थ्य तथा जीवन बीमाका पोलिसीहरू आदानप्रदान गर्न सक्ने उनीहरूको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)