ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धन्वन्तरि जयन्ती,आयुर्वेद र हाम्रो अवस्था

Nov 2, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशी (काग तिहार)को दिनलाई आयुर्वेद जगत्ले धन्वन्तरि जयन्तीकारूपमा मनाउने गर्दछ । देवता र दानव मिलेर समुद्र मन्थन गर्दा आजकै दिन अमृतको घडा लिएर आयुर्वेदका जन्मदाता ‘धन्वन्तरि’ प्रकट भएको मानिन्छ । यो दिनलाई धनत्रयोदशी र धनतेरसका नामले पनि चिनिन्छ । धन्वन्तरिलाई भगवान्का २४ अवतारमध्ये एक मानिन्छ । धन्वन्तरि र आयुर्वेद धन्वन्तरि अथर्ववेदको उपवेद आयुर्वेदका प्रवर्तक मानिन्छन् । आयुर्वेदअन्तर्गत शल्यक्रियाका विशेषज्ञ सुश्रुतद्वारा लिखित सुश्रूत संहितामा धन्वन्तरि पुनर्जन्म लिई भारतको बनारसका एक राजा बनेका र उनैले त्यसबेला ऋषिहरूको एक समूहलाई आयुर्वेदको शिक्षा दिएको उल्लेख गरिएको छ । संहिता कालमा लेखिएका शास्त्रहरूका आधारमा भारतवर्ष (हालका नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, अफगानिस्तान, म्यानमा)मा आयुर्वेदको ज्ञान सबै प्रकारका रोगको निवारणमा गर्न सक्षम रहेको देखिन्छ । आयुर्वेदको विशेषता रोगको निर्मूलन र औषधिबाट कुनै किसिमको दुष्प्रभाव (साइड इफेक्ट) नहुनु हो । तर, पछि विकास भएको पश्चिमी उपचार पद्धतिको व्यापकता र त्यसलाई चिर्न भारत वर्षका देशहरूले कुनै कदम नचाल्नुले आयुर्वेद चिकित्सा ओझेल पर्दै गएको यस क्षेत्रका व्यक्तिहरू बताउँछन् । भारत वर्षमा आयुर्वेद सन् २०१६ बाट धन्वन्तरि जयन्तीको दिनलाई भारतले राष्ट्रिय आयुर्वेद दिवसका रूपमा मनाउन शुरू गरेको छ । नेपालमा आयुर्वेद चिकित्सक सङ्घको आयोजनामा हरेक वर्ष धन्वन्तरि जयन्तीका दिन समापन हुनेगरी आयुर्वेद सप्ताह मनाउने गरिँदै आएको छ । तर, राज्यका तर्फबाट यस दिन स्वास्थ्यमन्त्रीको सम्बोधन आउनेबाहेक अन्य कुनै कार्यक्रम हुँदैनन् । नीतिगत तहमा आयुर्वेदको ज्ञान भएका र महत्त्व बुझेका मानिसको अभावका कारण राज्यले यसको संरक्षण र संवद्र्धनमा भूमिका निर्वाह गर्न नसकेको नेपालकै पहिलो महिला आयुर्वेदिक फिजिसियन सरिता श्रेष्ठ दुखेसो पोख्छिन् । ‘आयुको अर्थ जीवन र वेदको अर्थ विज्ञान हो । यसरी समग्र जीवनलाई कसरी स्वस्थ, आनन्दित र सुखमय बनाउने भन्ने कुरा आयुर्वेदले गर्दछ,’ उनी भन्छिन्, ‘यो ज्ञान भएकाहरूको सङ्ख्या कम हुनु, ज्ञान भएकाहरूमा पनि लघुताभास हुनु तथा यसको विकासमा राज्य योजनाबद्ध रूपमा अघि नबढ्नुले यो क्षेत्रबाटै आयुर्वेदको बहुमूल्य निधि नासिँदै छ ।’ पश्चिमको पोल्टामा आयुर्वेद आयुर्वेदको उद्गम र विकास भूमि भारतवर्षले यसको महŒव बिर्सिंदै जाँदा अमेरिका तथा यूरोपले यो क्षेत्रमा तीव्रतर गतिमा विकास गर्दै गएका छन् । नेपाल तथा भारतबाट आयुर्वेदका विशेषज्ञ डाक्टरहरूलाई उत्कृष्ट सेवा सुविधासहित विभिन्न कलेज, विश्वविद्यालय तथा सेमिनारहरूमा निम्त्याई उनीहरूबाट आयुर्वेदका ज्ञान लिने काम भइरहेको छ । त्यसैगरी, यहाँका महत्त्वपूर्ण जडीबुटीको व्यावसायिक खेतीका साथै ‘पेटेण्ट राइट’ लिने कार्यमा उनीहरू अघि बढिसकेका छन् । पूर्वले बेवास्ता गर्दै जाने र पश्चिम यही गतिमा अघि बढ्दै जाने हो भने केही वर्षभित्रै हामीले हाम्रै जडीबुटी पनि उनीहरूको स्वीकृतिमा मात्रै प्रयोग गर्न पाउने अवस्था आउने खतरा छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)