ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब ३ लाखसम्मको निक्षेप सुरक्षित

Nov 5, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा बचत तथा मुद्दती खातामा रू. ३ लाखसम्मको निक्षेप जम्मा गर्ने ग्राहकले बीमा (सुरक्षण) सुविधा पाउने भएका छन् । यसअघि रू. २ लाखसम्मको निक्षेप जम्मा गर्ने ग्राहकलाई यस्तो सुविधा दिने गरिएको थियो । उक्त व्यवस्थालाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैङ्कले शुक्रवार बैङ्क तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था लागू गर्न परिपत्र गरेको छ । व्यक्तिको आम्दानी बढ्दै जाने भएकाले निक्षेपको बीमा गर्ने दायरालाई थप १ लाख रुपैयाँ बढाएर ३ लाखसम्मको बीमा अनिवार्य रूपमा लागू गर्न नीतिगत व्यवस्था गरेको राष्ट्र बैङ्क, नियमन विभागका निर्देशक नरेन्द्र सिंह विष्टले बताए । उक्त व्यवस्थाअनुसार बैङ्क तथा वित्तीय संस्थाले बैङ्कमा प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रू. १ को निक्षेपदेखि लाखौं तथा करोडौं राखे पनि उनीहरूले ३ लाखसम्म मात्र बीमा सुविधा पाउनेछन् । यसका लागि राष्ट्र बैङ्कले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सुरक्षण गर्न बैङ्कहरूलाई निर्देशन दिएको हो । यसका साथै, निक्षेपकर्ताको ३ लाख रुपैयाँ निक्षेप सुरक्षणको रकमलाई वृद्धि गरी क्रमशः रू. ५ लाखसम्मको निक्षेपको बीमा गर्ने वातावरण मिलाउन वाणिज्य, विकास बैङ्कर वित्तीय कम्पनीहरूलाई केन्द्रीय बैङ्कले सुझाएको छ । तर, लघुवित्त कम्पनीहरूलाई भने हाललाई ३ लाख रुपैयाँसम्मको निक्षेपमा मात्र सुरक्षण गर्न अनुरोध गरिएको छ । साथै, बैङ्कतथा वित्तीय संस्थाले आफ्नो संस्थामा रहेको ३ लाख रुपैयाँसम्मको व्यक्तिगत बचत तथा मुद्दती निक्षेपको रकम र त्यस्ता निक्षेपकर्ताको सङ्ख्यात्मक विवरण त्रैमासिक रूपमा ३ महीना समाप्त भएको १ महीनाभित्र निक्षेप तथा कर्जा सुरक्षण कोषलाई उपलब्ध गराउनसमेत केन्द्रीय बैङ्कले ध्यानाकर्षण गराएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)