ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा बजार : ६ कम्पनीको बोनसदर सार्वजनिक

Nov 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । ६ जीवन बीमा कम्पनीले विभिन्न प्रकारका बीमालेखको बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरूले आर्थिक वर्ष (आव) २०७३/७४ का लागि बीमा समितिबाट स्वीकृत बोनसदर सार्वजनिक गरेका हुन् । बोनसदर सार्वजनिक गर्नेमा एलआईसी नेपाल, सूर्या, प्राइम, एशियन, नेपाल र मेट लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । तर, राष्ट्रिय बीमा संस्थान, नेशनल र गुराँस लाइफले भने अझै बोनसदर सार्वजनिक गरेका छैनन् । ती कम्पनी पनि बोनसदर सार्वजनिक गर्ने प्रक्रियामा रहेको बताइएको छ । सार्वजनिक गरिएका बोनसदरमध्ये सबैभन्दा बढी एशियन लाइफको रहेको छ । एशियन लाइफले २५ वर्षभन्दा बढी बीमाअवधि भएको सावधिक तथा आजीवन बीमालेखमा प्रतिहजार ८५ रुपैयाँ बोनस दर तोकेको छ । अघिल्लो आव २०७२/७३ मा एशियन लाइफले यस बीमालेखमा प्रतिहजार ८२ रुपैयाँ बोनस प्रदान गरेको थियो । नेपाल लाइफले आव २०७२/७३ सम्ममा सबैभन्दा बढी प्रतिहजार ८२ रुपैयाँसम्म बोनस प्रदान गर्दै आएको थियो । आव २०७३/७४ मा भने एशियनले नेपाल लाइफलाई पछि पार्दै सबैभन्दा बढी प्रतिहजार ८५ रुपैयाँसम्म बोनस रकम कायम गरेको छ । यस्तै, एशियनले उक्त आवका लागि बीमा अवधिका आधारमा विभिन्न बीमालेखमा प्रतिहजार ४१ देखि ८५ रुपैयाँसम्म बोनसदर तोकेको छ । एलआईसी (नेपाल)ले विभिन्न बीमालेखमा बीमाअवधिका आधारमा प्रतिहजार ६१ देखि ७५ रुपैयाँसम्म बोनस तोकेको छ । सूर्या लाइफले ३८ देखि ७३, प्राइम लाइफले ३५ देखि ७५, नेपाल लाइफले ६२ देखि ८२ र मेट लाइफले ४० देखि ७० रुपैयाँसम्म (प्रतिहजारमा) बोनस दर तोकेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार कम्पनीहरूले २५ वर्षभन्दा माथि बीमाअवधि भएको सावधिक तथा आजीवन बीमालेखमा बढी बोनसदर तोकेका छन् । लामो बीमाअवधिको बीमालेखबाट कम्पनीलाई बढी फाइदा हुने कारण बोनस पनि बढी दिने गरेको कम्पनीहरूको भनाइ छ । के हो बोनसदर ? कम्पनीहरूले मुनाफालगायत विविध पक्षको आधारमा प्रत्येक वर्ष बोनसदर तोक्नुपर्ने हुन्छ । सोअनुसार बोनसदर हरेक वर्ष परिवर्तन भएको पाइन्छ । कम्पनीको पोलिसी र बीमाअवधिको आधारमा विभिन्न बीमालेखको बोनसदर फरकफरक हुनसक्छ । यद्यपि, बोनसदर कायम गर्दा बीमितले तिरेको बीमाशुल्कले कुनै प्रभाव पार्दैन । बीमितले कुल बीमाङ्क रकमको आधारमा नै प्रत्येक वर्ष तोकिएको बोनस रकम पाउन सक्छन् । बीमाअवधि सकिएपछि कम्पनीले बीमाङ्कसहित प्रत्येक वर्षको बोनस रकमलाई जोडेर बीमितलाई एकमुष्ट दिने गर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)