ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढी टिप माग्ने रेष्टुराँ माथि मुद्दा !

Jul 29, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हिजोआज विदेशमा मात्र होइन नेपालमै पनि रेष्टुराँ तथा होटलमा खाना खान जाने संस्कृति मौलाउँदै गएको छ । योसँगै टिप दिने परम्परा पनि बढ्दै गएको छ । टिप दिने चलन नेपालमा केही वर्ष पहिलेदेखि चलेको भए पनि विकसित मुलुकमा भने निकै पहिलेदेखि रहँदै आएको छ । टिप भनेको वेटरलाई आफ्नो सेवा गरेबापत आफूखुशी खानाको बिलबाहेक दिइने अतिरिक्त रकम हो । यसमा कसैले पनि जबर्जस्ती गर्न पाउँदैन । तर, अमेरिकाको न्यूयोर्कस्थित एप्पलविज, ओलिभ गार्डेन, रेड लब्ष्टरलगायत केही रेष्टुराँले जबर्जस्ती बढी टिप लिने गरेका छन् । यसविरुद्ध हालै यिनीहरुमाथि मुद्दा दायर गरिएको छ । त्यहाँको स्थानीय टेलिभिजन सीबीएसको बिहानी कार्यक्रम ‘सीबीएसमा दिस मर्निङ’मा प्रसारित एक समाचारमा यस्तो जानकारी दिइएको हो ।

सीबीएसको उक्त कार्यक्रममा ओलिभ गार्डेनमा उपलब्ध खानेकुराको मूल्यमा १८ प्रतिशत अतिरिक्त मूल्य (टिपका रुपमा)को साथै थप टिपका लागि समेत ठाउँको व्यवस्था गरिएका रसिदहरु सार्वजनिक गरिएको थियो । उता, एप्पलविजको रसिदमा समेत ‘ग्राहकले स्वविवेकमा तिर्ने’ भन्दै १७ प्रतिशत अतिरिक्त मूल्य जोडेको पाइएको थियो । रेष्टुराँहरुले हरेक मानिसबाट जति सकिन्छ त्यति बढी लिन चाहेको यस मुद्दामा संलग्न वकिल इभान स्पेन्सरले सीबीएसलाई बताए । त्यसैगरी, रेष्टुराँले टिपलाई आफ्नो विशेष अधिकारजस्तै बनाएको उनको आरोप छ ।

सामान्यतया रेष्टुराँहरुले ग्राहकबाट बढी टिप्स लिन पाउँदैनन् । आठ वा सोभन्दा बढी व्यक्ति भएको समूहलाई मात्र अतिरिक्त शुल्क लगाउन सकिने न्यूयोर्क शहरको कानूनमा उल्लेख छ । यसैक्रममा ओलिभ गार्डेन र रेड लोब्स्टरको स्वामित्वसमेत रहेको डार्डेन रेष्टुराँले एक विज्ञप्ति जारी गर्दै अतिरिक्त शुल्क ग्राहकको सुविधाअनुसार भएकोमा जोड दिएको छ । सन् २००४ मा रेष्टुराँलाई १८ प्रतिशत टिप दिन नमानेकै कारण लङ आइल्याण्डमा एउटा व्यक्तिलाई पक्राउ गरिएको थियो । तर, टिप ग्राहकको स्वविवेकले दिने विषय हो भन्दै त्यहाँको जिल्ला अदालतका न्यायाधीशले मुद्दा खारेज गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)