ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मङ्सिर २९ देखि मन्ट्रियल महासन्धि लागू : अन्तरराष्ट्रिय हवाई यात्रुको बीमा डेढ लाख डलर

Nov 20, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । ‘मन्ट्रियल महासन्धि १९९९’ नेपालमा पनि मङ्सिर २९ गतेदेखि लागू हुने भएको छ । महासन्धि लागू भएपछि अन्तरराष्ट्रिय विमान सेवामा यात्रा गर्ने नेपाली यात्रुको बीमा रकम आठ गुणा बढेर १ लाख ६० हजार अमेरिकी डलर हाराहारी पुग्नेछ । हाल यो रकम २० हजार डलर रहेको छ । व्यवस्थापिका–संसद्ले करीब दुई महीनाअघि सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नेपाल यस महासन्धिको पक्ष राष्ट्र बनेको छ । महासन्धिमा अन्तरराष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने व्यवस्थाहरू रहेका छन् । संसद्बाट अनुमोदन भएको विवरण अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) मा जानकारी गराइसकिएको नेपाल नागरिक उड्ययन प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । आइकाओलाई जानकारी गराएको ६० दिनभित्र महासन्धि कार्यान्वयन हुने प्रावधान छ । महासन्धि लागू भएपछि अन्तरराष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउने नेपालीका परिवारले पनि बीमा बापत १ लाख ५८ हजार ९१० अमेरिकी डलर पाउनेछन् । अहिलेसम्म यसरी ज्यान गुमाउने नेपालीका परिवारले २० हजार डलरमात्र पाउँदै आएका छन् । नेपाल अहिले ‘वार्सा महासन्धि १९२९’ र ‘हेग प्रोटोकल १९५५’को सदस्य राष्ट्र हो । वार्सा महासन्धिअनुसार हवाई दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारले २० हजार डलरमात्रै पाउने व्यवस्था छ । मन्ट्रियल महासन्धि कार्यान्वयन हुनासाथ नेपाली विमानसेवा कम्पनी र नेपालमा उडान गर्ने विमान कम्पनी सबैले नेपाली यात्रुको बीमा रकम बढाउनुपर्नेछ । साथै अन्तरराष्ट्रिय हवाई दुर्घटनामा मृतक, घाइते तथा कार्गोको समेत क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । हवाई दुर्घटनामा पीडितले पाउने रकम अति नै न्यून भएको भन्दै आइकाओकै सक्रियतामा १९९९ मे २८ मा मन्ट्रियल सन्धि ल्याइएको थियो । सो महासन्धिको विश्वव्यापी कार्यान्वयन भने २००३ नोभेम्बर ४ देखि भएको थियो । मन्ट्रियल महासन्धि अनुमोदन गर्ने नेपाल १ सय ३१ औं सदस्य राष्ट्र हो । आइकाओको सदस्य सङ्ख्या १ सय ९१ रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)