ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अख्तियारका तत्कालीन सचिव भगवती काफ्लेले आठ वर्ष अगाडि गरेका सबै निर्णय खारेज

Nov 21, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
मङ्सिर ५, काठमाडौं । सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले आफूले प्रयोग गर्ने अधिकार आयोगका सचिवलाई प्रत्यायोजन गर्न नसक्ने ठहर गरेको छ । झण्डै आठ वर्ष अघि अख्तियारका तत्कालीन पदाधिकारीहरुले आफूसँग भएका अधिकार तत्कालीन सचिव भगवती काफ्लेलाई प्रत्यायोजन गरी अवकाश लिएका थिए । तत्कालीन सचिव काफ्लेले अख्तियारका पदाधिकारीहरुको अधिकार प्राप्त गरेपछि विभिन्न निकायहरुलाई निर्देशन दिने तथा कतिपयलाई भ्रष्टाचारमा मुद्दासमेत दायर गरेका थिए । अख्तियारका पदाधिकारीहरुले आफूलाई दिइएको अधिकार प्रत्यायोजन गर्न नसक्ने उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र तथा न्यायाधीशहरु दीपकराज जोशी, चोलेन्द्रशमशेर जवरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेसम्मिलित संवैधानिक इजलासले अख्तियारका आयुक्तहरुले गर्ने कार्य सचिवले गर्न नसक्ने ठहर गरेपछि तत्कालीन सचिव काफ्लेले गरेका सम्पूर्ण कार्यहरु अव बदर भएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)