ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौर्य एयरलाइन्समा ‘महत्त्वाकांक्षी’ नयाँ व्यवस्थापन

Nov 22, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । निजी वायुसेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनसँगै महत्त्वाकांक्षी योजना अघि सारेको छ । दीपककुमार पोखरेल अध्यक्ष रहेको उक्त कम्पनी श्याम अधिकारीको समूहलाई बेचेपछि अहिलेको नयाँ व्यवस्थापनले उडान सेवालाई विस्तार गर्ने रणनीतिसँगै नयाँ जहाज थप गर्ने तयारी गरेको हो । अहिले कम्पनीले ५० सिट क्षमताको एउटा जहाज उडान गर्दै आएको छ भने एउटा जहाज ग्राउण्डेड अवस्थामा छ । नयाँ व्यवस्थापनले करीब १५ दिनभित्रै पूर्ण रूपमा कम्पनीको स्वामित्व ग्रहण गर्ने कम्पनीका बजार व्यवस्थापन प्रमुख मुकेश खनालले जानकारी दिए । उनका अनुसार त्यसका लागि प्रोजेक्ट रिपोर्ट (योजना प्रतिवेदन) तयार भइसकेको छ । उनले भने, ‘सोही योजनाअनुसार रू. २ अर्ब ५० करोडभन्दा बढीको लगानीमा ३ ओटा जहाज किन्ने योजना बनाएका छौं ।’ तीमध्ये २ ओटा केही समयमै खरीद गर्ने कम्पनीले बताएको छ । नयाँ जहाज ६ महीनाभित्रै सञ्चालन गर्ने कम्पनीको तयारी छ । कम्पनीको आगामी योजना र रणनीति नयाँ जहाज थप्ने र नयाँ गन्तव्यहरूमा सेवा विस्तार गर्ने रहेको बताइएको छ । कम्पनीले अहिले उडान गर्दै आएको सीआर जे–२०० (क्यानेडियन रिजनल जेट) लाई प्रतिस्थापन गर्ने तयारी गरेको छ । ५० सिट क्षमताको अहिलेको जहाजले हवाई इन्धन बढी खपत गर्ने र सस्तो दरमा उडान गर्नुपर्ने भएकोले यसलाई ‘फेज आउट’ गरिने खनालले जानकारी दिए । तर नयाँ जहाज नआउँदासम्म हाल सञ्चालनमा रहेको विमानमार्फत नै सेवा प्रवाह गरिने उनले बताए । कम्पनीले खरीद गर्न लागेको जहाज क्यानाडाली कम्पनीकै क्यू–४०० एयरक्राफ्ट भएको बताइएको छ । यो जहाज ८२ सिट क्षमताको छ । हाल कम्पनीले चलाइरहेको जहाज नेपालको आन्तरिक उडानका लागि उपयुक्त नभएको भन्दै कम्पनीले यसलाई प्रतिस्थापन गर्न लागेको हो । नयाँ जहाज थप गर्न कम्पनीले यसै हप्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरेको छ । साथै कम्पनीले मन्त्रालयसँग फ्लीट एड (एक प्रकारको जहाज सञ्चालन गर्दा अर्काे प्रकृतिको जहाज सञ्चालनका लागि लिइने अनुमति) लिनका लागि प्रक्रियामा जाने तयारी गरेको छ । कम्पनीले किन्ने नयाँ जहाजले पोखरा, नेपालगञ्ज, जनकपुर, राजविराज र अन्य सम्भावित क्षेत्रमा उडान गर्ने योजना रहेको खनालले बताए । अहिले सौर्यले भैरहवा, विराटनगर, नेपालगञ्ज, भद्रपुर, धनगढीमा उडान सेवा दिँदै आएको छ । उनले भने, ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी बक्यौता बुझाउने क्रम जारी छ, यसै हप्ता बाँकी रहेको ऋण कम्पनीले चुक्ता गर्ने अन्तिम तयारी छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)